झापा । झापाका सडकमा रहेका मानवहरुलाई आजबाट उद्धार गर्न थालिएको छ ।
सडक मानवविहीन बनाउने प्रदेश १ को अभियान अन्तर्गत झापामा रहेका सडक मानवहरुको उद्धार गर्ने कार्य सुरु भएको हो ।
झापाका १५ वटै पालिकामा अलपत्र सडक मानवहरुलाई उद्धार गरेर विराटनगर लगिने भएको हो ।
कनकाई नगरपालिकाको खानेपानी कार्यालयको परिसरमा सबैलाई भेला गरेर त्यहाँबाट मानव सेवा आश्रममा पुनस्र्थापना गरिने कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।
उनले अहिलेसम्म ३९ जना सडक मानवको जानकारी आएको बताए । सडक मानवको उद्धार र पुनस्र्थापनाका लागि प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे आउने भएका छन् । सडक मानवहरुको उद्धार तथा पुनस्र्थापनाका लागि मेची महाकाली यात्रा शुरु गरिएको छ ।