काठमाण्डौं। आज एकैदिन थप एक सय ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४ सय एक पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एक सय २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै कपिलवस्तुका ७७ जना, सर्लाहीका १७ जना, सिरहाका ११ जना, धनुषाका सात जना, रौहतटका ६ जना, महोत्तरीका चार जना, झापा र ललितपुरका एक एक जनामा सङ्क्रमण भएको पाइएको छ ।
त्यस्तै प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका २९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका नौ जनामा सङ्क्रमण भएको पाइएको छ । त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरीएको परिक्षणमा कपिलवस्तुका तीन जना र दाङका पाँच जना गरी आठ जनामा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।