देश–समाज समाचार स्थानीय

दमक ४ जनचेतना टोलमा योजना अनुगमन, ल्यान्ड पुलिङबारे छलफल

शनिबार दमक नगरपालिका–४ स्थित जनचेतना टोलमा नगरप्रमुख राम थापाले निर्माणाधीन योजनाहरूको अवलोकन तथा अनुगमन गरेका छन्। टोलवासीसँग साक्षात्कार गर्दै उनले स्थानीय पूर्वाधार विकासमा नगरपालिका गम्भीर रूपमा प्रतिबद्ध रहेको बताए। अनुगमनको क्रममा सडक, नाला, कल्भर्ट लगायतका विभिन्न पूर्वाधार योजनाहरूको प्राविधिक नापजाँच समेत सम्पन्न भएको छ। साथै, भ्यू टावर (बिजनेस कम्प्लेक्स) परिसरमा ल्यान्ड पुलिङ गर्ने सम्भावनाबारे पनि विस्तृत छलफल गरिएको छ। नगरप्रमुख थापाले स्थानीय आवश्यकता र सुझावलाई प्राथमिकतामा राखेर योजना निर्माण तथा कार्यान्वयन गरिने स्पष्ट पारेका छन्। टोलवासीले नगरपालिकाको सक्रियताप्रति धन्यवाद दिँदै विकास योजनाहरूमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

Author

You may also like