:– टिकाराम नेति नेपाल —:
नेपाली सामान्य काम गब्र्न र आफ्नो गर्जो टार्न मात्र सात समुन्द्र पारि जान्छन भन्ने होइन नेपालीले अ्मेरिका जस्तो देशमा यहाको नगर पालीकाको चुनाव जितेर उप मेयर बन्छ र बार्षिक झण्डै ४४ खर्व नगर बिकासको बजेट अनुमोदन खर्च गर्न सक्ने ल्यागत राख्छ र ६ सय ५० अमेरिका को सरकारी कर्मचारी परिचालन गरेकोछ भन्ने सुन्दा पत्यार नलाग्न सक्छ !
तर विश्वकै सक्तिशाली मुलुक अमेरिका यहाको एउटा राज्य टेक्सास यस राज्य भित्रको एक नगर पालिका (सिटि) हो यूलेस ! यूलेस नगर पालिकाको उप मेयर हुन टिका पौडेल ! जसले स्थानीय ७० हजार नागरिकको मत पाएर सभ्रान्त मुलुक अमेरिका को एक नगर पालीकाको उप मेयर बन्न सफल भए !
उप मेयर पौडेलले बार्षिक ४३ खर्व ७३ अर्वको नगर बिकासको बजेट अनुमोदन र खर्च गर्ने ल्यागत राखेका छनभने ६ सय ५० अमेरिका को सरकारी कर्मचारी परिचालन गरेका छन !
चितवनमा प्राध्यापन क्षेत्रमा रहेका पौडेल सन २००७ मा अमेरिका आएका थिए ! सुरु देखि नै समाजिक सेवा र कार्यमा लागिपरेका पौडेल अमेरिका मा उध्यमी र ब्यबसायीको रुपमा चिनिएका थिए !
१० बर्ष सम्म आवासिय क्षेत्र ( ज्इब् ) का अध्यक्ष रुपमा चिनिएका टिका पौडेल सन २०२१ को यूलेस नगर पालिकाको चुनावमा काउन्सिल सदस्यमा जितेका थिए ! पछिल्लो पटक उनि ७ काउन्सिल मध्ये बाट निर्विरोध निर्वाचित भएका थिए !
उप मेयर पौडेल भन्छन म कानुनि रुपमा यूलेसको मात्र उप मेयर भएको भएपनि अमेरिका मा बस्ने २ लाख ५० हजार भन्दा धेरै नेपाली भाषीको माया पाएको छु ! यूलेसका ७० हजार मतदाता मध्ये २ हजार देखि २५ मात्र मतदाता नेपालीभाषी रहेका छन् !
घर धुरी कर, बिक्रि कर, इजाजत कर, र जग्गा बिक्रीबाट संकलन हुने कर हामी आफै उठाउछौ र आफै योजना बनाएर खर्च गर्छौ पौडेल भन्छन बैमान गर्न चाहाने र गर्ने होभने एउटै योजनाबाट बिलियन डलर खान सकिन्छ ! उनले भने यहाँ सिस्टमले काम हुन्छ मानोमानी हुन्न, पद सानो ठुलो जे भएनि योजना तर्जूमामा सबैको मत बराबर हुन्छ !
नेपालमा त मेयर उप मेयरले भेट्ने बित्तिकै झ्वाम पार्छन नि भन्ने प्रश्नमा यूलेस सिटिका उप मेयर पौडेल भन्छन – खै चुनावमा खर्च गरेको उठाउँछन् होला ! यहा जे कसम खाएको छ अमेरिका सरकारको त्यहि अनुसार काम गर्छौ !
—अमेरिकाबाट