समाचार

दमकमा रक्तदान कार्यक्रम सम्पन्न,२९ जनाले गरे रक्तदान

दमक। झापाको दमकमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकमा भएको सो रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेको ढुकुरपानी पूर्व विद्यार्थी समाजका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनु भयो ।

कार्यक्रम ढुकुरपानी पूर्व विद्यार्थी समाज तथा रोयल स्पोटिङ् क्लब दमकले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

Author

You may also like