समाचार

थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या १४ सय २०

दमक । शनिबार साँझ थप १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितका सङ्ख्या ७८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।

शनिबार मात्र यसअघि १ सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । शनिबार साँझ थपिएका १९ जनासहित नेपालमा कोरोना सङ्क्रमितको संख्या १४ सय २० पुगेको छ ।

Author

You may also like