समाचार

पोमुको स्मृतिमा अक्षयकोष

उर्लाबारी।११ मंसिर
मोरङ उर्लाबारी—९ का स्वर्गीय दुर्गाराज पोमुको स्मृतिमा उनको परिवारले स्थानीय एक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।
पोमुको परिवारले प्रभात आधारभुत विद्यालयमा २ लाख बराबरको अक्षयकोष स्थापना गरेका हुन् । विद्यालयमा व्यवस्थापन समिति र पोमु परिवारबीच अक्षयकोषको बिषयमा छलफल भएको थियो । छलफलले विद्यालयको शैक्षिक उन्नयनमा २ लाख बराबरको अक्षयकोष स्थापना गर्ने सम्झौता भएको हो ।
पिताको नाममा गरिव जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष खडा गरेको छोरा लोलिम पोमुले जानकारी गराए । दुर्गाराज सो विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् ।
विद्यालयका अध्यक्ष सुरेन्द्र शेर्माको अध्यक्षतामा भएको छलफल कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहन चाँपागाई, शिक्षक सन्तकुमार बस्नेत, स्थानीय मानबहादुर थापा, परिवारको तर्फबाट दिलिप कुमार पोमु, लोलिम पोमु, दिपेन्द्र पोमु, अभिषेक पोमु लगायतको उपस्थितीरहेको थियो ।
ताप्लेजुङको निगुरादिन—६ खानीगाँउमा पिता कुलमान पोमु र माता निरमाया सिरेङ चोङबाङका ५ सन्तानमध्ये साईला दुर्गाराजको जन्म २००१ साल मंसिर १० गते भएको र उर्लाबारीमा बसोबासका क्रममा कार्तिक २७ गते निधन भएको थियो ।

Author

You may also like