समाचार

दमकमा स्थानीयले गरे सडक अवरूद्ध

दमक/ दमक नगरपालिकाको हिमाविदेखि मधुमल्ला जाने सडकखण्डको आसपासका स्थानीयले सडकको धुलोका कारण सास्ती व्यहोर्नु परेको बताएका छन् । धूलोले आजित भएका स्थानीयले आइतबार हिमाविदेखि पाङ्मीसम्मको सडकखण्ड अवरmद्ध गरेका छन् । सो सडकखण्ड कालोपत्रे हुने बताइएको पनि सडक कालोपत्रे नहुँदा सो सडकखण्डमा आसपासका बासिन्दालाई धुलोले सास्ती दिने गरेको छ ।

अहिले सो सडकखण्ड ग्राभेलिङ अवस्थामा छ । सो सडकखण्डमा टिप्पर, स्कुलका बस, टेम्पोलगायत दैनिक सयौँ सवारी साधन चल्ने गर्छन् । ती सवारीले उडाएको धुलोले सो क्षेत्रका बासिन्दाले सास्ती व्यहोर्नुपरेको स्थानीय सन्तोष लावतीले बताए । नगरपालिकाले सो सडकखण्ड कालोपत्रे गर्न प्रक्रिया अगाडि बढाए पनि काम सुस्त हुँदा स्थानीयले हैरानी पाएको लावतीले बताए ।

धुलोले हैरान भएका स्थानीयले नगरपालिका र वडा कार्यालयलाई समस्या समाधानका लागि अनुरोध गरे पनि नगरपालिकाले बेवास्ता गरेको लावती बताउँछन् । नगरपालिकाले न्यून मात्रामा पानी हाल्ने गरे पनि समस्या समाधान नहुँदा स्थानीयले आइतबार सो सडकखण्ड अवरmद्ध गरेका थिए ।

Author

You may also like