देश–समाज स्वास्थ्य

प्रदेश प्रमुख अधिकारीद्धारा कोरोना अस्पतालको अनुगमन

विराटनगर, २४ चैत । प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले अहिलेको संकटलाई पार लगाउनुको विकल्प नभएको बताउनुभएको छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाईरस ( कोभिड १) बनावटी विषय नभएकाले सवैलाई सुरक्षित रहन उहाँले आग्रह गर्नुभयो । एउटाले कमजोरी गरेमा अर्कोले पूर्ण गर्छ भन्ने विषय नभएकाले कमजोरी गर्ने वित्तिकै ठुलो नोक्सानी व्यहोर्नुपर्ने प्रदेश प्रमुख अधिकारीले बताउनुभयो ।

प्रदेश १ सरकारले निर्माण गरेको कोशी अस्पताल कोरोना उपचार केन्द्रको आज अनुगमन गर्दै प्रदेश प्रमुख अधिकारीले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधिले अहिले सम्म गरेको कामको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो,‘ अहिले सम्मको काम राम्रो छ, उच्च मनोवलका साथ काम गर्न आग्रह गर्छु ।’ जनप्रतिनिधि समुदाय समक्ष पुग्ने भएकाले उच्च मनोवलका साथ काम गर्नुहोला प्रदेश प्रमुख अधिकारीले भन्नुभयो ।

कोरोना भाईरस रोकथामका लागि प्रदेश १ सरकारले गरेको कामको सन्देश अन्य प्रदेशमा पनि राम्रो गएको प्रदेश प्रमुख अधिकारीले बताउनुभयो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीको मनोवल उच्च पार्नका लागि कुनै कसर बाँकी नराखेको प्रदेश प्रमुख अधिकारीलाई जानकारी गराउनु भएको थियो ।

मन्त्री घिमिरेले स्वास्थ्यकर्मीको सुरक्षाका लागि विशेष ध्यान दिएको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीको प्रोत्साहनको काम प्रदेश सरकारले गरेको जानकारी गराउनुभउएको थियो ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले कोरोना अस्पतालका लागि ७÷७ दिनको समूह बनाएर कार्य विभाजन गरिएको प्रदेश प्रमुख अधिकारीलाई जानकारी गराउनुभयो । उहाँले कोरोना अस्पतालको जनशक्ति व्यवस्थापनको काम भईरहेको बताउनुभयो ।

प्रदेश प्रमुख अधिकारीसँगै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो, सामाजिक विकास राज्य मन्त्री जयमाया गजमेरले कोरोना अस्पतालको अनुगमन गर्नुभएको थियो । कोरोना अस्पताल ५० वेड क्षमताको रहेको छ । यसैविच सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज मेची अस्पतालको अनुगमन गर्नुभएको छ । संक्रमितको उपचारका लागि मेची अस्पतालमा २५ वेडको तयारी गरिएको छ ।

Author

You may also like