समाचार

तीन दिनदेखि हराईरहेका युवा मृत फेला

 

चैत्र २४ गते । तीन दिनदेखि हराइरहेका २७ बर्षीय एक युवा  भिरको फेदीमा मृत फेला परेका छन् ।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-५ का पुर्ण बहादुर खड्का चैत्र २२ गते शनिवार बिहान ७ बजे  साथीहरुसंगै घुम्न भनी पिके डाँडातर्फ गएका थिए ।

बेलुका सम्म पनी घर फर्केर नआई सम्पर्कबिहिन भएसंगै निजको खोजतलस शुरु गरिएको थियो । खड्काको खोजतलासमा खटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी टोलीले आज बिहान सवा ११ बजे दुधकुण्ड नगरपालिका-३ पिकेखोप स्थित भिरको फेदीमा मृत अवस्थामा खड्काको शव फेला पारेको हो ।

खड्कालाई मृत फेला पारिएसंगै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट अनुसन्धान अधिकृत सहितको थप टोली खटि गई कानूनी प्रकृया तथा अन्य अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Author

You may also like