दमकमा बन्ने भाे गरुकुल

दमक, झापाको दमक–२ स्थित समाजसुधार प्रतिष्ठानमा गुरुकुल निर्माण सुरु गरिएको छ । पूर्वाधार निर्माण गर्न सङ्घीय सरकारबाट २० लाख रुपैयाँ प्राप्त भएपछि सोमबार गुरुकुलका लागि आवश्यक पूर्वाधार निर्माणको शिलान्यास गरिएको छ ।

दमक २ का वडाध्यक्ष प्रजापति सापाकोटाका अनुसार सङ्घीय सरकारले पूर्वाधार निर्माणका लागि २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको र सोमध्ये हाल २० लाख रुपैयाँ प्राप्त भएकाले प्रतिष्ठानको भवनको माथिल्लो तलामा गुरुकुलका लागि पूर्वाधार निर्माण गरिने छ । सो निर्माणको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले शिलान्यास गर्नुभएको छ ।

शिलान्यासपछि नगर प्रमुख ओलीले समाज सुधार प्रतिष्ठानले समाज सुधारका पक्षमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सक्नुपर्ने बताए । प्रतिष्ठानका अध्यक्ष विजय बरालको सभापतित्वमा भएको शिलान्यास कार्यक्रममा वडाध्यक्ष सापकोटाले वडामा धेरै मठ मन्दिर तथा धार्मिक संस्थाहरु रहेकाले सबैको सन्तुलित विकास र संरक्षणका लागि वडाले पहल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published.