उर्लाबारी, ११ माघ। धिमाल जातीय विकास केन्द्रको केन्द्रीय समितिको ७ औं राष्ट्रिय महाधिवेशनले अम्बरबहादुर धिमाललाई अध्यक्ष चुनेर ३३ सदस्यीय समिति निर्वाचित गरेको छ ।
केन्द्रीय कार्यालय उर्लाबारीमा सोमबार सम्पन्न अधिवेशनबाट सहअध्यक्षमा केदार धिमाल उपाध्यक्षमा गिरिराज धिमाल, व्रतबहादुर धिमाल, शान्ति धिमाल, रूक्मिणी धिमाल, महिला उपाध्यक्षमा गंगामाया धिमाल निर्वाचित भएका छन् । महासचिवमा मात्रिका धिमाल, सचिवमा अजितकुमार धिमाल, महिला सचिवमा रोमान्सी धिमाल र कोषाध्यक्षमा रत्नबहादुर धिमाल चुनिएका छन् । केन्द्रीय सदस्यहरूमा मनोज, मिनु, जयबहादुर, राधिका, शंकर, पित बहादुर, सविता, टेकमाया, सावित्रा, बुद्धिमाया, लेखलाल, दीपेन्द्र, शिवप्रसाद, पुष्पा, हरिलाल, विष्णु, प्रतिमान, भुवन, रतनीमाया, लालबहादुर, नारायण र फुलकुमारी धिमाल चुनिएका छन् ।
त्यस्तै, सचिवालय सदस्य तथा विभागीय प्रमुखमा खोज तथा अनुसन्धान विभाग प्रमुखमा मोहनकुमार धिमाल चुनिएका छन् । न्याय तथा अनुशासनमा श्रीप्रसाद धिमाल, परियोजना विभागमा तारिलाल धिमाल, सहकारी विभागमा प्रथम धिमाल, प्रशिक्षण तथा संगठनमा नारायण राजदोङ्गे र महिला तथा बाल बालिकामा पम्फा धिमाल प्रमुख चुनिएका छन् ।
यता, केन्द्रको राष्ट्रियसभा अन्तर्गत सभामुखमा लोकबहादुर धिमाल, उपसभामुखमा कविन्द्र धिमाल, सचिवमा मणिराज धिमाल निर्वाचित भएका छन् ।