समाचार

अमेरिकामा ५०० नेपालीमा काेराेना संक्रमण

एजेन्सी । नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन्।

कोरोना भाइरसबाट अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० सङ्क्रमित भएको जनाइएको छ  । तर त्यसकाे  स्वतन्त्र रूपमा पुष्टिभने गरिएकाे छैन । अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा बताउन कसैले पनि सकेका छैनन्।

विभिन्न टेलिफोन नम्बर दिएर अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भनेकाे छ भने दूतावासको वेबसाइटमा एउटा फर्मसमेत राखिएको छ।

पर्यटन वा अन्य प्रयोजनका लागि भ्रमणमा आएका नेपालीलाई विषम परिस्थितिमा उत्पन्न समस्या र भिसालगायतको विषयमा सम्बोधनका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले  अमेरिकी सरकारसमक्ष आवश्यक प्रक्रियाका लागि कूटनीतिक पत्राचार गरेको बताएक छन्। अमेरिका भ्रमणमा रहेका कतिपय नेपालीको भिसाको म्याद सकिएको र उनीहरुमा ‘ओभरस्टे’ हुने हो कि भन्ने आशङ्का रहेको छ।

अमेरिकाको राज्यसभाको विधायकमा निर्वाचित ह्यारी भण्डारीले नेपालीभाषी अमेरिकीको सहयोगका लागि आफ्नो कार्यालयले विभिन्न कार्यक्रम गरेको बताए। भण्डारीले आफ्नो विभिन्न माध्यम तथा स्थानीय नेपाली समुदायसँगको परामर्शका आधारमा दैनिकरूपमा नेपालीभाषीहरु कोरोनाबाट सङ्क्रमित भएको रिपोर्ट आएको जानकारी दिए।

Author

You may also like