विराटनगर । अपशब्द प्रयोग गर्दै पत्रकारलाई गालीगलौज गरी इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी फेरि विवादमा तानिएका छन् ।
एरिना टेलिभिजनबाट सञ्चालन हुने टेलिभिजन कार्यक्रममा कोभिड १९ सम्बन्धी जनचेतना दिलाउने उद्देश्यले कुराकानीका लागि मेयर चौधरीलाई टेलिफोन गर्दा प्रश्नै नसुनी पत्रकार भन्नासाथ चौधरीले मुख छाड्दै तथानाम अपशब्द प्रयोग गरेर गाली गरेका हुन् ।
उनले गाली गरेको अडियो अहिले भाइरल बनेको छ । उनले टेलिफोनमा सुन्नै नसकिने खालका शब्द प्रयोग गर्दै तथानाम गाली गलौज गरेका छन् ।
नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काका अनुसार एरिना टीभीमा सुस्मिता राईले जनचेतनामुलक कार्यक्रम संचालन गर्छिन् । त्यही कार्यक्रमको लागि मास्टर कन्ट्रोल रुमबाट प्राविधिक पत्रकार राजन कट्वालले बिहीबार मेयर चौधरीलाई फोन गरेका थिए । तर, चौधरीले एक्कासी आक्रोसमा आएर गाली गरेका हुन् ।
घटनाको निन्दा गर्दै नेपाल पत्रकार महासंघ सुनसरीले मेयर चौधरीले अहिलेको संकटको बेला स्थानीय सरकारको प्रमुखको हैसियतमा जिम्मेवार बन्नुपर्नेमा उल्टै सत्यतथ्य विवरण र सूचना दिनुको साटो पत्रकारलाई दुर्व्यहार गरेको जनाएको छ । महासंघका अध्यक्ष अमर खड्का र सचिव हिमाल दाहालले विज्ञप्ति प्रकाशित गरी पटक पटक प्रेस विरोधी गतिविधि नगर्न सचेत गराएका छन् ।
यसअघि पत्रकार विराट अनुपम नाकको डाँडी भाँचिदिने भन्दै धम्की दिएका मेयर चौधरीले इटहरीकै पत्रकारद्वय विकल रेग्मी र कृष्णवहाव भट्टराईलाई पनि दुर्व्यवहार गरेका थिए ।
घरभित्रै बस्न १ नं. प्रदेश प्रहरीको माइकिङ, ११२ जनालाइ क्वारेन्टाइनमा, ८८१ सवारी नियन्त्रणमा
बिराटनगर÷ बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नेपालमा समेत कोरोना भाईरसको सक्रमण भएको पत्तो लागे संगै नेपाल सरकारले चैत्र ११ गतेदेखि १८ गतेसम्म लकडाउनको घोषणा गरेको छ ।
कोरोना भाईरसको सक्रमणबाट जोगिन सबै जनालाई आ–आफ्नो घर भित्रै बसेर लक डाउनको उल्लघंन नगरिदिनु हुन १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट अनुरोध गरिएको छ । सानो लापरवाहीले ज्यान समेत जान सक्ने जोखिम रहेको हुँदा घर बाहिर जथाभावी ननिस्किदिनु हुन, प्रहरीले गरेको माईकिङ लगायतको अनुरोधलाई सहयोग गर्न हुन, स्वास्थ्य स्वंय ब्यक्तिको सचेतनामा भर पर्ने कुरा भएकोले गाउँ घर छिमेकमा कोही बिदेशबाट आएको ब्यक्ति भएमा नजिकको प्रहरी कार्यालय वा १०० मा खबर गर्नु हुन समेत अनुरोध गरिएको छ ।
१ नम्बर प्रदेशका बिभिन्न स्थानहरुमा स्थापना गरिएका क्वारेन्टाईन गृहहरुमा कोरोना भाईरसको आशंका गरिएका ११२ जनाले स्वास्थ्य लाभ लिईरहेका छन् भने आईसोलेसन सेन्टरमा ५ जनाको उपचार भईरहेको छ यसैगरी होम क्वारेन्टाईनमा ६९ जनालाई राखिएको छ । नेपाल सरकारले चैत्र ११ गते देखि लागु हुने गरी जारी गरेको लकडाउनको समयमा लक डाउनको उल्लघंन गरी सवारी साधन चलाउने २०९ जनालाई नियन्त्रणमा लिईएको थियो भने ठुला साना गरी ८८१ वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको छ ।