समाचार

घरभित्रै बस्न १ नं. प्रदेश प्रहरीको माइकिङ, ११२ जनालाइ क्वारेन्टाइनमा, ८८१ सवारी नियन्त्रणमा

बिराटनगर/ बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नेपालमा समेत कोरोना भाईरसको सक्रमण भएको पत्तो लागे संगै नेपाल सरकारले चैत्र ११ गतेदेखि १८ गतेसम्म लकडाउनको घोषणा गरेको छ ।

कोरोना भाईरसको सक्रमणबाट जोगिन सबै जनालाई आ–आफ्नो घर भित्रै बसेर लक डाउनको उल्लघंन नगरिदिनु हुन १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट अनुरोध गरिएको छ । सानो लापरवाहीले ज्यान समेत जान सक्ने जोखिम रहेको हुँदा घर बाहिर जथाभावी ननिस्किदिनु हुन, प्रहरीले गरेको माईकिङ लगायतको अनुरोधलाई सहयोग गर्न हुन, स्वास्थ्य स्वंय ब्यक्तिको सचेतनामा भर पर्ने कुरा भएकोले गाउँ घर छिमेकमा कोही बिदेशबाट आएको ब्यक्ति भएमा नजिकको प्रहरी कार्यालय वा १०० मा खबर गर्नु हुन समेत अनुरोध गरिएको छ ।

१ नम्बर प्रदेशका बिभिन्न स्थानहरुमा स्थापना गरिएका क्वारेन्टाईन गृहहरुमा कोरोना भाईरसको आशंका गरिएका ११२ जनाले स्वास्थ्य लाभ लिईरहेका छन् भने आईसोलेसन सेन्टरमा ५ जनाको उपचार भईरहेको छ यसैगरी होम क्वारेन्टाईनमा ६९ जनालाई राखिएको छ । नेपाल सरकारले चैत्र ११ गते देखि लागु हुने गरी जारी गरेको लकडाउनको समयमा लक डाउनको उल्लघंन गरी सवारी साधन चलाउने २०९ जनालाई नियन्त्रणमा लिईएको थियो भने ठुला साना गरी ८८१ वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको छ ।

Author

You may also like