चीनको वुहान शहरमा चमेराको विष्टाबाट जंगली जनावर हुँदै जंगली जनावरको काँचो मासुको व्यपारिक क्षेत्र मार्फत मासु सेवन गर्ने मानिसमा सरेपछि यसले भयानक रुप लिएको छ किन भने यसले संक्रमित मध्ये करीब १४ प्रतिशत मानिसको सुरुमा माथिल्लो ततपश्चात तल्लो श्वास प्रणालीमा जटिल समस्या निम्त्याई खासगरी निमोनियाको जटिलता मृत्युको कारण बन्ने गरेको छ तर अधिंकास मानिसहरुमा शरीरको रोग प्रतिरोधात्मक प्राणाली सक्रिय भई यस भाईरसको संक्रमण र यसबाट हुने प्रभावलाई निस्तेज हुन्छ र भाईरसको संक्रमणले नराम्रो असर पार्न पाउदैन् । कोभिड १९ उपनाम पाएको यस नयाँ कोरोना भाईरस अन्य कोरोना भाईरस प्रजातीका जीवाणू भन्दा केही फरकरुपमा मानिसबाट मानिसमा वा मानिसले छाोएको सरसामाग्री समेतबाट सर्ने क्षमता राख्ने भएकोले यसको फैलावट सबैको चिन्ताको विषय बनेको छ । विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) ले यस भाइरसको फैलावट छिटो छिटो हुने भएको र यसबाट धेरै मानिसको ज्यान जोखिममा पर्ने भएकोले यसलाई विश्वव्यापी महामारीकोरुपमा इंगीत गरिसकेको छ । अहिले आएर यो भाईरसको असर विश्वको प्रायः सबै देशहरुमा छ, १९५ देशहरुमा यस भाईरबाट संक्रमित मासिहरु पाईएको छ । पछिल्लो दिनहरुमा यस कोभिड १९ भाईरसको संक्रमणबाट छोटो समयमा धेरैको मृत्यु समेत भएको छ । हुनतः अन्य रोगका कारण पनि धेरै मानिसको मृत्यु हुने गरेको छ, गरीबीका कारण समेत कुनै कुनै देशहरुमा धेरै बालबालिकाको मृत्यु हुने गरेको छ तर यस भाईरसको संक्रमणबाट हुने रोगबाट थप मृत्यु हुनु राम्रो होइन अझ यस भाईरसको फैलाबट छिटो छिटो भईरहनु र विश्व्व्यापी रुपमै फैलनुले थप मानवीय क्षतिको आशंका उव्जीएको छ, जुन स्वाभाविक हो । इटली र अमेरिकामा भईरहेको मानवीय क्षति र यस भाईरसको फैलाबट दरलाई हामीले गहिरिएर अध्ययन ग¥यौ भने हामीलाई स्पष्ट हुनेछ । त्यति मात्र नभएर यसको संक्रमणबाट श्वासप्रशवासमा गंभीर समस्या उत्तपन्न हुने भएकोले अस्पतालहरुमा सीमित संख्यामा हुने सघन उपचार कक्षका बेडमा राखी विरामीको उपचार गर्नु पर्ने भएको र उपचार गर्ने अस्पतालकर्मी समेतलाई सर्ने सम्भावना रहेकोले झन झन विरामीको संख्या बढ्ने जोखिम रहन्छ । त्यसैले यसको फैलावटको अनुक्रम कतै न कतै नरोकी यस भाईरसको संक्रमणबाट छुटकारा पाउन सम्भव नै छैन् । त्यसेले यसको फैलाबट रोक्न गर्नु पर्ने सबै उपाय अधिकांश देशहरुले अपनाएको देखिन्छ । करीब तीन साता सम्म यस भाईरसको अनुक्रम रोक्न सकियो भने यो भाईरस नष्ट हुने र यस भाईरको थप संक्रमण हुदैन । विगतमा सावधानी नअपनाएको र शुरुवाती दिनहरुमा यस भाईसरको संक्रमणलाई सामान्यरुपमा लिएकोले धेरै मुल्य चुकाउनु परेको चीनले स्वीकारी सकेको छ । इटली र अमेरिका पछिल्ला उदाहरणीय देशहरु हुन जहाँका मानिसहरुले समेत आप्mनो गल्ती आत्मसात गरेको छन् । विभिन्न देशहरुमा मानिसहरुको सम्पर्क कम होस् र यो जीवाणु सर्न नसकोस भनेर देशलाई नै लकडाउन गरिएको छ । थप क्षति नहोस् भनेर वा जोखिम न्युनिकरणका लागि साधन र श्रोतको पहुँच सीमित हुने गरी आफ्ना देशका नारिकहरुलाई अलग्याएर राख्न मद्दत मिल्ने गरी बन्देज गर्नु नै लकडाउन हो । खास गरी यस शब्दको प्रयोग थप दंगा रोक्न दंगकर्मीहरुलाई खास जेलमा राख्दा प्रयोग गरिन्छ । विश्व्व्यपी रुपमा अति नै शीघ्र फैलिरहेको यस भाईरसको संक्रमण रोक्न, संक्रमण फैलन नदिन र यसबाट उत्पन्न हुने समस्या आउन नदिन विभिन्न देशले आफ्ना नागरिकलाई घर भित्र नै बसिरहन र अन्य मानिसहरुको सम्पर्कमा नआउन समेत यस शब्दको शाब्दिक अर्थ सहित प्रयोग भएको छ । हाम्रो देशमा स्वास्थ्य सेवा तुलनात्मक रुपमा विकसित देशहरुको सामु प्रभावकारी पक्कै छैन् चाहे त्यो अपर्याप्त स्वास्थ्य जनशीक्तले गर्दा होस, अपर्याप्त अस्पताल वा उपचार सामग्रीले होस्, स्वास्थ्य सेवा वितरण प्रभावकारी नभएर होस् वा नीतिगत कमजोरीका कारण होस् । त्यसैले पनि हामीले संक्रमण हुनबाट रोक्नु नै उत्तम विकल्प हो । त्यसका लागि उक्त भाईरसको संक्रमण हुने अनुक्रम नै रोक्नु पर्छ त्यसको लागि संक्रमित भन्दा टाढै बस्न सरकारले गरेको लकडाउनको पालना गर्ने, संक्रमणको शंकास्पद व्यक्ति वा कोरोना संक्रमणभएको व्यक्तिको सम्पर्कमा आएका वा विदेश भ्रमण गरेर फर्किएका व्यक्तिहरुले अरुको सम्पर्कमा नआउन क्वारेन्टाइन्ड भएर छुट्टै बस्ने, संक्रमितहरुलाई आइसोलेशनमा १४ दिन देखि २१ दिन सम्म राख्ने र संक्रमण भएर विरामी भएकाको प्रक्रियागतरुपमा आईसोलेशनमा राखी सम्भव भएसम्मको उपचार गर्ने विकल्प अपनाउनु बाहेक अरु विकल्प हामी नेपालीसंग छैन् । एकै पटक धेरै व्यक्ति संक्रमित भई विरामी भएमा हाम्रो देशको साधनले भ्याउन सम्भव छैन् । करीब २०० को हाराहारीमा रहेको भेन्टिलेर सहितको करीब ५०० आईसीयु बेड बाट हामी कत्ति नै आशाकेन्द्रित हुन सक्छौ र ? कोरोना संक्रमितको उपचारका लागि आवश्यक सुरक्षा पोशाक अभावका कारण समेत चिकित्सक वा अस्पतालकर्मीलाई समेत सरकारले वा अस्पतालले दिन नसकेको अवस्थामा उपचारकै क्रममा झन झन संक्रमण फैलने सम्भावना बढ्ने र उपचार गर्ने चिकित्सक वा स्वास्थ्यकर्मी कै जीवन जोखिमा पर्ने हुने पक्का छ ।
खास गरी यस रभाईरसको संक्रमणको चार चरण छन् पहिलो चरणमा विदेशबाट आएकामा मात्र देखिन्छ, दोश्रो चरणमा उनीहरुको आफन्तमा समेत देखिन्छ, तेश्रो चरणमा अन्य नागरिकहरुमा पनि संक्रमण देखिन्छ भने चौथो चरणमा यसको संक्रमणले महामारकिोरुप लिन्छ । नेपाल पहिलो चरणमा भारत दोश्रो हुšदै तेश्रो चरणमा अनि अमेरिका र इटली चौथो चरणमा छन् । चिनमा नया संक्रमणमा ह्वात्तै कमी आएको छ, ५ दिन संक्रमणशुन्यता पछि फेरी संक्रमणका नयाš व्यक्ति भेटिनु चिन्ताको विषय हो ।
हुन त पशुपतिनाथको आर्शिवाद नै सम्झनु पर्छ, अहिले नेपाल यस कोभिड १९ भाईरसको संक्रमणको पहिलो चरणमा नै छौ जहाँ रोग लाग्न नदिन संक्रमण रोक्नु नै उत्तम विकल्प मानिन्छ जसका लागि हामी सबैले चिकित्सक र सरकारको सल्लाह एवम् निर्देशन पालना गर्नु पर्छ । नेपालमा हाल सम्म जम्म तीन जनामा मात्र कोरोना संक्रमण देखिएको छ हुनत परीक्षण अभावका कारण पनि संक्रमित व्यक्ति पहिचान हुन नसेको मेरो बुझाई छ किनकी जति खंख्यामा परीक्षण गरिएको छ त्यतिले समग्र नोपलको तथ्याê अजागर गर्नु तथ्याêीय भाषमा गलत हुनेछ किनकी हाल सम्म भएका उक्त ६८७ को संख्यामा गरिएको परीक्षण संख्या सांख्कीयरुपमा अपर्याप्त छ । हामी केवल यो भन्न सक्दछौं कि ती संदिग्ध विरामीहरू जसले जाँच गराए ६८४ जनाको परीक्षण नमुना कोभिडा १९का लागि नकरात्मक छन् । अरुमा छैन भन्नकोलागि प्रयाप्त जाचहरु गरिनुपर्छ । हुन त लकडाउन धेरै लामो समयको लागि भएको भान हुन सक्छ तर भवितव्यमा आईपर्ने जोखिम न्युनिकरणको यही नै उत्म विकल्प हो । बरु संक्रम भएन भने फरक पर्दैन, आर्थिकरुपमा केही कमजोर देश होला तर संक्रमण अविकरालरुपमा फैलिए हामीले उपचार गरेर वा संक्रमण नियत्रण परेर पार पाउने अवस्था नै छैन् । त्यसैले यस लामो लकडाउनको समयमा आप्mनो धैर्यता नगुमाउनु होस्, संयम बन्नु होस् ।
अन्तमा हामी चिकित्सक तथा अस्पतालकर्मीहरु तपाईलाई स्वास्थ्य सेवा प्रदान गरी सहयोग गर्नका लागि सदैब तयार छौ तर म तपाईलाई घरमा सुरक्षित रहन र घरमै रही कार्यालयकोलागि काम गर्न अनुरोध गर्दछु । कृपया सुरक्षा उपायहरू सदैब पालना गर्नुहोस् । बाहिर नस्किनु होस, भीडबाट जोगिनुहोस्, मास्कको प्रयोग गर्नुहोस् र तपाईंको हात प्रायः स्वच्छ पारी राख्नुहोस साथै डाक्टरहरू र आधिकारिक सरकारी निकायहरूको सल्लाह समेत पालना गर्नुहोस् । सँधै आफूलाई क्वारेन्टाइन्ड बनाएर सुरक्षित रहनुहोस् । हालको स्थितिमा कोभिड १९ बारे अद्यावधिक हुनको लागि प्रामाणिक सन्देश र समाचारहरू पालना गर्नुहोस् र अनाधिकृत स्रोतहरूबाट सम्प्रेषित समाचारहरूमा विश्वास नगर्नुहोस् नत्र यसले भ्रम मात्र श्रृजना गर्नेछ । भ्रामक समाचारका बारे सदैब चनाखो र सचेत रहनुहोस् । म कार्यरत पाटन स्वास्थय विज्ञान प्रतिष्ठान कोभिड संक्रमितको उपचारको लागि टेकु पछिको दोश्रो केन्द्रकोरुपमा छ । हामी जोखिमा रहे पनि तपाईहरु आप्mनो सुरक्षा गर्नु होस् ।
अन्तमा हामी स्वास्थ्यकर्मी तपाई भाग्यशाली व्यक्तिका लागि हौं तर हाम्रो लागि तपाई घरमा बस्नुहोस् र सरकारी लकडाउनको पालना गर्नु होस् किनकी व्यक्तिहरु कम भन्दा कम संख्यामा संक्रमित भएमा मात्र हामीले कम विरामी हेर्नु पर्ने भएकोले हामी अस्पतालकर्मीहरु पनि सुरक्षित हुनेछौ । इटली तथा अमेरिकाको पछिल्लो स्थितिबाट हामीले सिक्नु पर्छ, हामीले यस कोभिड १९ को संक्रमणको चौथो चरणमा कदापी प्रवेश गर्नु हुन्न । ताइवान र दक्षिण कोरिया जस्तै सबैको सहयोगले मात्र विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ विरुद्ध हामी लड्न सक्छौ तर धैर्यता नगुमाउनु होला, चिकित्सक भएको नाताले मेरो विनम्र अनुरोध छ ।
निम्स हस्पिटलका पूर्व मेसु साह हाल पाटन अस्पतालमा एमडी अध्ययनरत छन् ।