समाचार

दमकमा बिमाले दियाे ५० लाख

दमक/युनियन लाइफ इन्सयोरेन्स कम्पनीले आफना दिवङ्गत एक बिमितका परिवारलाई मृत्यु दाबीमार्फत ५० लाख दिएको छ ।
दमक ६ स्थित इन्स्योरेन्सको शाखा कार्यालयमा आइतबार एक कार्यक्रम गरी मृत्यु दाबी भुक्तानीमार्फत दमक ५ का ४१ वर्षीय स्व. गमबहादुर चेम्जोङकी श्रीमती राजकुमारी चेम्जोङलाई रु. ५० लाखको चेक हस्तान्तरण गरिएको दमक शाखाका स्टार एजेन्सी मेनेजर नारायण योङहाङले जानकारी दिए । गत चैतमा पहिलो बिमा रकम बुझाएका चेम्जोङको गत असोज २१ मा हृदयघात भई निधन भएको थियो ।
बिमा रकमको चेक इलाका प्रशासन कार्यालय दमकका प्रमुख कृष्णप्रसाद आचार्य, इन्स्योरेन्सका १ नम्बर प्रदेश प्रमुख भूपराज पराजुली, इन्स्योरेन्सका मृत्यु दावी भुक्तानी शाखाका प्रमुख ईश्वर सेढाइ, ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञराज शर्मा लगायतले संयुक्त रुपमा बिमित परिवारलाई हस्तान्तरण गरिएको थियो ।

You may also like