चाेरी भएका ५२ थान माेवाइल प्रहरीले बुझायाे

इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले हराएका तथा चोरी भएका विभिन्न ब्रान्डका ५२ थान मोबाइल सेट फेला पारी सम्बन्धीत धनीहरूलाई बुझाएको छ । इटहरी लगाएत आसपासका सर्वसाधरणहरूले आफ्ना मोबाइल हराएको भनी निवेदन दिएसँगै खोजतलास गरिरहेको प्रहरीले यो सातामा मात्र ५२ थान मोबाइल फेला पारी आइतबार सम्बन्धित धनीहरूलाई बुझाएको हो । हराएका तथा चोरी भएका मोबाइलहरूको सम्बन्धमा प्राप्त निवेदनको आधारमा सम्बन्धित धनीलाई बुझाइएको प्रहरीले जनाएको छ ।
इप्रका इटहरीमा सीडीआर शाखा स्थापना भएपछि हराएका तथा चोरी भएका विभिन्न ब्रान्डका करिब ४७ लाख ५२ हजार ८ सय ९० रुपैयाँ बराबरको १ सय ९५ थान मोबाइल फेला पारी बुझाइसकिएको र ८ जनालाई पक्राउ गरी चोरी मुद्दा अन्तरगत कारबाही गरिएको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.