एजेन्सी, कोरियाकी प्रसिद्ध पप गायिका मृत फेला परेकी छन् । ‘नो ब्रा मुभमेन्ट’ अर्थात् ब्रा नलगाउने अभियान चलाएकी दक्षिण कोरियाकी प्रसिद्ध पप गायिका सुली राजधानी सोलनजिकै रहेको आफ्नो घरमा मृत फेला परेकी हुन ।
पुलिसले जनाएअनुसार सुलीका म्यानेजरले उक्त रात सुल्लीसँग सम्पर्क गर्ने कोशिस गरे । तर, सम्पर्क हुन नसेपछि म्यानेजर सुल्लीसँग भेट गर्नका लागि उनको घर पुगे। जहाँ उनी मृत फेला परेकी थिइन् ।
उनले आत्महत्या गरेको अनुमानमा अनुसन्धान अघि बढाइएको त्यहाँको प्रहरीले जनाएको छ । सुलीले २००५ मा ११ वर्षको उमेरमा नै ख्याति कमाई सकेकी थिइन्। उनी लामो समयदेखि मानसिक समस्याबाट ग्रसित रहेको बताइए पनि मृत्युको कारण भने खुल्न सकेको छ।
२५ वर्षीया सुलीको वास्तविक नाम चोप जिन-रि हो । उनले दक्षिण कोरियामा ब्रा लगाउने-नलगाउने कुरा महिलाको निजी मामिला एवम् स्वतन्त्रताको कुरा हो भन्ने सन्देश फैलाएकी थिइन् ।