मनोरञ्जन

ओमान प्रिमियर हुदै फिल्म ‘ए मेरो हजुर ३’को

काठमाडौँ, निर्देशक झरना थापाको फिल्म ‘ए मेरो हजुर ३’को ओमान प्रिमियर हुने भएको छ ।

निर्देशक थापाका अनुसार अक्टुबर १८मा उक्त फिल्मको प्रिमियर हुन लागेको हो । ओमानको लुनार सिनेमा, एल क्यूरममा प्रिमियर हुन लागेको हो ।

उक्त प्रिमियरमा शोमा निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा नेपालबाट ओमान पुग्दैछन् भने नायिका सुहाना थापा पनि अमेरिकाबाट ओमान पुग्ने बताइएको छ ।

फिल्ममा नायक अनमोल केसी, सुहाना थापाको मुख्य अभिनय रहेको छ ।

You may also like