भिडियो मनोरञ्जन

गायक पुर्ण लिम्बुको नयाँ गित सार्वजनिक

भक्तपुर , नेपाली सांगीतिक क्षेत्रमा निकै प्रभावशाली ढंगले अगाडी बढिरहेको एक नाम पूर्ण लिम्बु । पूर्ण लिम्बु मात्र भन्दा सायद उनको यो नाम अधुरो हुन्छ किन भने उनको परिचय समाजसेवी गायक पूर्ण लिम्बु भनेर बनेको छ । यिनै समाजसेवी गायक पूर्ण लिम्बुको नया गीत बजारमा आएको छ ।

समाजको घटना क्रमलाई आफ्नो गीतको माध्यमबाट जागरण गर्ने उदेश्यले नै उनि गीत निकालछन् । यसपटकको गीत “लालुपाते” पनि यस्तै समाजको घटना संग प्रभावित रहेको छ । प्रेमकृष्ण बजगाईं र पूर्ण लिम्बुको शब्दमा तयार भएको गीतमा प्रेमकृष्ण बजगाईंकै संगीत र सिलाबहादुर मोक्तानको अरेन्ज रहेको छ । प्रकाश खरेलले रेकर्ड गरेको गीतमा गायक पूर्ण लिम्बुले स्वर भरेका छन् । गीत गाउनुको साथै अभिनयमा पनि रुची राख्ने पूर्ण लिम्बुले आफ्नो यस गीतमा आफैले अभिनय गरेका छन् ।

Author

You may also like