खेल

सिंगापुरले जिम्बावेलाई पराजित गरेपछि नेपाल शिर्ष स्थानमा

भक्तपुर, त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आयोजक सिंगापुरले जिम्बावेलाई पराजित गरेसँगै नेपाल शिर्ष स्थानमा पुगेको छ । आइतबार राति भएको खेलमा सिंगापुरले टेष्ट राष्ट्र जिम्बावेलाई ४ रनले हराएको थियो। सिंगापुरले दिएको १८२ रनको लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित १८ ओभरमा ७ विकेटको क्षतिमा १७७ रन बनाएको हो ।

वर्षाले प्रभावित गरेपछि १८ ओभरमा झारिएको खेलमा जिम्बावेका लागि कप्तान सिन विलियन्सले ६६, रेगिस चाकबभाले ४८ र टिनोटेण्डा मुटुमबोड्जीले ३२ रन बनाएका थिए । त्यसअघि सिंगापुरले निर्धारित १८ ओभरमा ९ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । सिरिजको तीन वटै टिमले सुरुवती २र२ खेल खेल्दा १र१ जित हात पारेका छन् । सबै टोलीको समान २र२ अंक भएपनि नेपाल रनरेटका आधारमा शीर्षस्थानमा रहेको  छ ‌।

नेपालले २ खेलबाट २ अंक जोडेको छ । पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो । दोस्रो स्थानमा झरेको जिम्बावेको पनि २ खेलबाट २ अंक रहेको छ । त्यस्तै गरी २ अंक नै जोडेको सिंगापुर तेस्रो स्थानमा छ । अब नेपालले मंगलबार जिम्बावे र बुधबार सिंगापुरसँग खेल्नेछ ।

You may also like