राजनीति

झगडा गर्ने पार्टी नबनाऔँ : सभापति देउवा

काभ्रे, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफैंसँग लड्ने नभई अरुसँग लड्नसक्ने पार्टी बनाउन सबै लाग्नुपर्ने बताउनु भएको छ । नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकले आइतबार आयोजना गरेको ‘विजया दशमी, दिपावली, छठ र ल्होछार’को शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रममा उहाँले पार्टीभित्र आफैँ झगडा गरेर पार्टी बलियो नहुने बताउनुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘झगडा गर्ने पार्टी नबनाऔँ, पार्टीभित्र आफू आफैँमा झगडा गरेपछि चुनावमा जनताले भोट हालेन भनेर कसरी भन्ने ?” सभापति देउवाले अन्तिम सत्य जनता भएकाले पार्टी जनतामाझ जानुपर्ने बताउनुभयो । कम्युनिष्टको दुई तिहाइ सरकार छ भनेर कार्यकर्ता निराश हुनुपर्ने अवस्था नरहेको देउवाको भनाइ थियो ।

Author

You may also like