शिक्षक फुटबलको उपाधि पाणिनीलाई

भक्तपुर, आइतबार पाणिनीले दोश्रो अन्तरविद्यालय फाइभ ए साइड शिक्षक फुटबल प्रतियोगिताको उपाधि जितेको छ । कागेश्वरी मनहरा नगरपालिका काँडाघारीस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलको मैदानमा उक्त कार्यक्रम भएको थियो । प्रतियोगिताको फाइनलमा पाणिनीले बोधी सदनलाई २–१ गोलले पराजित गरेको । विजयी टिमबाट सुनील लामाले २ गोल गरका थिए । सुनीलले प्रतियोगिताभर १४ गोल गरेका थिए ।

एनप्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीद्धारा आयोजित फुटबल प्रतियोगिताको सेमिफाइनलमा पाणिनीले एजीएमलाई ४–१ तथा बोधी सदनले अर्किडलाई ६–१ गोलले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए । पहिलो हुने विजेताले १५ हजार मुल्यको खसी तथा दोश्रो हुने बिजेता १३ हजार मृुल्य बराबरको खसी पुरस्कार स्वरुप पाएका थिए ।

 

विजेतालाई एन प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा, एनप्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीका अध्यक्ष अमृतकुमार खड्का, कोषाध्यक्ष प्रेमकुमार भुजेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए । तीनदिने प्रतियोगितामा १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published.