खेल

नेपाललाई खेलकुद र कला संस्कृतिले विश्वमा चिनाउनु पर्ने:महासचिव कंडेल

गुल्मीः हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराग कंडेल शर्माले नेपाललाई खेलकुद र कला संस्कृतिले विश्वमा चिनाउनु पर्ने बताएका छन् ।

शर्माले गुल्मीको सत्यवति गाँउपालिका–३ ठूलोलुम्पेकमा माछापुच्छ्रे युवा क्लव ओखर भज्याङ भ्यू पोइन्टले आयोजना गरेको लुम्पेक पहिरोपीडितहरुमा समर्पित मैत्रीपूर्ण खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रममा यस्तो बताएका हुन ।

सामाजिक अभियान्ता शर्माले ग्रामिण क्षेत्रमा क्लवले खेलकुद तथा साँस्कृतिक पक्षको संरक्षण र प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा क्लवले अझ रचनात्मक कार्य गरेर समाज सुधार र विकासमा थप सक्रिय बन्न क्लवलाई आग्रह गरे ।
उर्नले क्लवको वृद्धि र विकासका लागि आफूले सधै सहयोग गर्न तयार रहेको बताउँदै सत्यवतिका पहिरोपीडित विद्यार्थीहरुको अध्ययनका लागि आफू सहयोग तयार रहेको बताएका हुन ।

सोही अवसरमा महासचिव शर्माले सत्यवति गाँउपालिकाका पहिरोपीडित विद्यार्थीहरुका अध्ययनका लागि नगद ३३ हजार ९ सय २ रुपैयाँको चेक सत्यवति गाँउपालिका–३ का वडाअध्यक्ष रुक बहादुर रानालाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै सोही अवसरमा माछापुच्छ्रे युवा क्लवदरा नगद २० हजार रुपैयाँ सत्यवति गाँउपालिका–३ ठूलोलुम्पेक सिङ्दीको पहिरोपीडित सिद्ध प्राथमिक विद्यालयलाई क्लवका अध्यक्ष इश्वरी फौजा मगर र सचिव पि.वि मगरद्वारा विद्यालयका प्रधानाध्यापक ज्ञानु तरामु रानामगर र विद्यालय व्यवस्थापन समिति अध्यक्ष ङान बहादुर तरामु मगरलाई रकम हस्तान्तरण गरिएको थियो ।

सोही अवसरमा राष्ट्रिय लोकदोहोरी गायिका विमा कुमारी दुरा, आस्था कला केन्द्रका नृत्यकार उषा फौजामगर, भ्वाइ अफ बुटवल २०७२ का चन्द्रप्रकास फौजा स्थानीय कलाकारहरुको लगायतको वेजोड सांगितिक प्रस्तुती राखेका थिए ।

Author

You may also like