सोमबारको सुनचाँदीको मूल्य

काठमाडौँ, आइतबारको तुलनामा सोमबार बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सुन २ सय र चाँदी ५ रुपैयाँले घटेको हो । जस अनुसार छापावाला सुन आज प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको भने चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.