देश–समाज मुख्य राजनीति समाचार स्थानीय

झापाबाट कांग्रेस विशेष महाधिवेशन सहभागी भन्छन– उर्जा लिएर आउँदैछौं

नेपाली कांग्रेस भित्रको दुर्लभ परिघट्नाको रुपमा दोश्रो विशेष महाधिवेशन काठमाडौमा चलि रहेको छ । पार्टी सभापति लगायत शिर्ष तहका नेताहरुको ठुलो संख्याले यसलाई रोक्न हरसम्भव कोशिस गरे पनि यो रोकिएन । दोश्रो पुस्ताका नेताहरु महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाको अगुवाईमा आयोजना भएको विशेष महाधिवेशनमा अधिकांश जिल्ला र प्रवाशका समेत प्रतिनिधीहरुको सहभागीता रहेको छ । नीति र नेतृत्व बारे समेत छलफल हुने गरि भनि आयोजना गरिएको विशेष महाधिवेशन पहिलो दिन विभिन्न नेताहरुले यो क्षण समयको माग भएको र यसले कांग्रेसलाई थप बलियो बनाउने दावि पनि गरे । हरेक पार्टीको पहिलो नेतृत्व सके सम्म फेरिन नचाहने र पटक–पटक पार्टीको आन्तरीक जीवन र राजकीय सत्तामा रहि रहनु पर्छ भन्ने मान्यता राख्नेहरु विरुद्धको बलियो बैचारीक विद्रोको रुपमा पनि यो विशेष महाधिवेशनलाई लिईएको छ । यहाँ सहभागी भएका अधिकांश प्रतिनिधीहरुले विधानसम्मत् रुपमा विशेष महाधिवेशन आयोजना भएको र यसको निश्कर्षले कानूनी मान्यता पाउन कुनै समस्या पनि नरहने दावि रहँदा हामीले केहि प्रतिनिधी तथा नेताहरुलाई विशेष महाधिवेशनको आवश्यकता र औचित्यका बारेमा सोधेका छौं । उनीहरुको साझा धारणा छ, महाधिवेशनले पार्टीमा उर्जा थप्ने छ र हामी उर्जा लिएर आउँदैछौं ।
यसै क्रममा झापा क्षेत्र नं. ५ का नेपाली कांग्रेसका सभापति ढुण्डिराज भण्डारी विशेष महाधिवेशनले निदाएको कांग्रेसलाई व्युँझाएको बताउँछन् । नयाँ पुस्ताको माग, भदौमा भएको नवयुवाको आन्दोलन र कार्यकर्ताको भवना पनि कांग्रेसको नेतृत्व फेरिएर जानु पर्छ भन्ने रहेकाले त्यो भावनालाई विशेष महाधिवेशनले उठान गरेको उनले बताए । नियम संगत र विधान अनुरुपनै यो विशेष महाधिवेशन आयोजना भएकाले यसका निश्कर्षहरुमाथि कुनै पनि कानूनी र वैधानिक प्रश्न नउठ्ने भन्दै भण्डारीले भने, ‘कांग्रेसलाई थप मजवुद र सुदृढ बनाउन यो महाधिवेशन आयोजना भएको हो । त्यसैले यसले निकालेका निश्कर्षहरुलाई सवैले मानेर जानु पर्ने हुन्छ ।’ विशेष महाधिवेशनबाट कांग्रेस कमजोर हुन्छ कि भनेर चिन्ता नलिन आग्रह गर्दै पार्टी थप उर्जावान हुने तर्क गरे ।
कमल गाउँपालिकाका अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका महासमिति सदस्य हुकुमसिंह राई पार्टीको यो विशेष महाधिवेशनबाट पार्टीको नेतृत्वमा युवा आउनु पर्छ भन्ने कुरा स्थापित भएको बताउँछन् । उनले भने, ‘पार्टीलाई नयाँ गति दिनु पर्छ भन्ने कुरा पटक—पटक उठेको हो तर त्यसलाई संवोधन गर्न सकेको स्थिति थिएन । यो विशेष महाधिवेशनले भने पार्टीलाई नयाँ दिशाबोध गरेको छ । नीति, सिद्धान्तलाई विर्सिदै गएको अवस्थामा विधान, नीतिव र नेतृत्वबारे बुझाउन पनि यो सफल भएको छ ।’ विधानतः आयोजना गरिएको कार्यक्रमलाई कसैले टाउको दुखाईको विषय बनाउनु हुँदैन भन्दै उनले समयको माग अनुसार आयोजना भएको विशेष महाधिवेशनमा शिर्ष नेतृत्वहरु आएर अभिभावकत्व ग्रहण गरि दिएको भए झनै राम्रो हुने पनि बताए । ‘शिर्ष केहि नेताहरु आउनु भएन, केहि छैन, आउनु भएको भए राम्रो हुने थियो’ उनले भने,‘तर विशेष महाधिवेशनले पार्टी कमजोर हुने होईन झनै नयाँ ताजगीका साथ थप उर्जावान भएर अघि बढ्ने निश्चित छ ।’
यस्तै नेपाली कांग्रेसका महासमिति सदस्य टीकाराज सापकोटा विशेष महाधिवेशनले कांग्रेसलाई नयाँ जीवन दिएको बताउँछन् । विधानले दिएको व्यवस्था अनुसारनै महाधिवेशन आयोजना गरिएकाले यसले दिने म्याण्डेट अनुसारनै अवको कांग्रेस अघि बढ्ने उनको धारणा छ । ‘शिर्षनेताले कार्यकर्ताको भावना बुझि दिएको भए अहिले सवै नेता कार्यकर्ता एकै ठाउँमा भेला भएर महाधिवेशन आयोजना हुन्थ्यो’ सापकोटाले भने, ‘अब विशेष महाधिवेशनका म्याण्डेट र निष्कर्ष पनि नमान्ने भन्ने कुरो आउँदैन ।’ विशेष महाधिवेशनले कार्यकर्तालाई उत्साही बनाएको र यसबाट थप बलियो र जीवन्त पार्टीका विचमा अब नेपाली कांग्रेस स्थापित हुने उनले बताए ।
नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन हुनु पर्छ भन्ने नेपाली कांग्रेसका कार्यकर्ताको मात्रै होईन, आम नेपालीको चाहना रहेको महाधिवेशन प्रतिनिधी निरज अग्रवालको भनाई छ । सवैको चाहना र देशको आवश्यकतानै बलियो र सुदृढ कांग्रेस रहेको दावि गर्दै उनले भने, ‘विशेष महाधिवेशनको उपस्थितिलेनै यो कुरालाई प्रष्ट गरि सकेको छ । यति गर्दा पनि नेताहरुले नबुझेर हुँदैन । आम नेपाली र कांग्रेस कार्यकर्ताको म्यान्डेड अनुसारनै कांग्रेस अघि बढ्नु पर्छ ।’

Author

You may also like