मिलन नेवारको ‘देउन मलाई बास’ भिडियो सहित

मिलन नेवारले नयाँ गीतको भिडियो सार्वजनिक गरेकी छन् । ‘देउन मलाई बास’ बोलको गित डक्टर राजुबाबु श्रेष्ठको शब्द र गायक तथा संगितकार राजनराज शिवाकोटीको संगितमा तयार भएको हो । थुप्रै हिट गितमा स्वर भरीसकेकी गायिका मिलन आफैले ‘देउन मलाई बास’ बोलको गितको भिडियोमा सोलो अभिनय गरेकी छन् । भिडियोलाई राजेशपुमा राईले निर्देशन गरेका हुन भने उत्सव दाहलले भिडियो छांयाकन गरेका हुन । विकास दाहालले सम्पादन गरेको भिडियो मिलन नेवारको आफ्नै युट्युव च्यानलबाट सार्बजनिक गरीएको हो । एल्बम ‘मिलन २’ मा समाबेश गितलाई संञ्जीव वराईलीले एरेञ्ज गरेका हुन ।

Leave a Reply

Your email address will not be published.