भक्तपुर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले मंगलबार बिहान नतिजा सार्वजनिक गरेको हो । कक्षा ११ को परीक्षा गत बैशाख जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार बाउन्न परीक्षार्थी सहभागी थिए । जसमध्ये तीन लाख ४९ हजार ६०३ जना उत्तीर्ण भएका छन् ।
३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २३१९ जना छ । ३.२१ देखि ३.६० सम्म १३ हजार ७७२, २.८१ देखि ३.२० सम्म ३२ हजार २५३ र २.४१ देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५४ हजार ८१६ रहेको छ ।
परीक्षामा आंशिक र नियमिततर्फ गरी ५ लाख ९ हजार ५२ जना परीक्षार्थी सहभागी थिए ।३२ हजार २ सय ५३ विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् ।२.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५४ हजार ८ सय १६ जना रहेको छ ।८४ हजार २ सय ३९ विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् ।
२.४१ देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५४ हजार ८१६ जना, २.१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८४ हजार २३९ जना १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ६५० जना, १.२१ देखि १.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४३ हजार ३७, ०.८१ देखि १.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार १७१ र ० देखि ०.८१ जीपीए ल्याउने विद्यार्थीको संख्या २१ हजार ३४६ जना रहेको बोर्डले जनाएको छ ।