इण्डोनेशियाको पपुआमा संघर्ष, १६ को मृत्यु

जकार्ता । इण्डोनेसियाको पूर्वी क्षेत्र पपुआमा भएको पछिल्लो संघर्षमा १६ जनाको मृत्यु हुनुका साथै ६५ जना घाइते भएका छन् । सोमबार सयौं प्रदर्शनकारी जसमा हाइ स्कुलका विद्यार्थी पनि थिए, उनीहरुले सरकारी कार्यालयमा आगजनी गरेका थिए ।

वामेना सिटीमा भएको सो घटनामा कम्तिमा १६ जनाको च्यापिएर मृत्यु भएको हो । एक जना शिक्षकले जातीवादी भनाइ राखेपछि त्यसको विरोधमा सो संघर्ष भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.