दमक नगरपालिकाका नगरप्रमुख रोमनाथ ओलीले अघिल्लो महिना अष्टेलियाको भ्रमण गरे । पारिवारीक भ्रमणको रुपमा उनले भदौ २८ देखि असोज २७ सम्म अष्टेलियाको एडिलेटका विभिन्न स्थानको अवलोकन गरे । यसअघि पनि चीन तथा स्वीट्जरल्याण्डको भ्रमण गरे पनि ति अष्टेलियाको तुलनामा छोटो अवधिका थिए । विकासका दृष्टिकोणले नेपालको तुलनामा विकसित र व्यवस्थित रहेको अष्ट्रेलियामा उनले कस्ता कस्ता क्षेत्रको अवलोकन गरे त ? अष्टेलियाको विकासबाट नेपालले के सिक्न सक्छ ? प्रस्तुत् छ, उनको अवलोकन तथा भ्रमण अनुभव उनकै शब्दमा ः
फोहोरमैला व्यवस्थापन ः
अष्ट्रेलियामा हुने फोहोर व्यवस्थापनको कार्य मैले निक्कै व्यवस्थित र प्रभावकारी भएको पाएँ । त्यहाँका सहर, चोक, बजार कतै पनि फोहर देखिदैन । जसले फोहर उत्पादन गरेको हो, उसैले निक्कै सावधानीपूर्वक व्यवस्थापन गरेको पाईयो । कुहिने र नकुहिने फोहर अलग अलग जम्मा गरिँदो रहेछ । सायद, कुहिने फोहरको मल र पुनः प्रयोग गर्न मिल्ने फोहर प्रशोधनमा लगिन्छ । अनि नकुहिने फोहर सहर भन्दा धेरै टाढा लगेर व्यवस्थापन गर्ने चलन रहेछ । त्यहाँको शौचालय व्यवस्थापन पनि निक्कै प्रभावकारी रहेछ । शौचालय सोझै सिपेज ढलमा जोडिएका हुँदा रहेछन् । त्यहाँबाट दिशा–पिसावलाई प्रशोधन स्थानमा पु¥याई पानी प्रशोधन गरेर सिँचाईका लागि पठाईदो रहेछ अनि ढोस बस्तुको जैविक मल बनाईदो रहेछ । यसबाट फोहर व्यवस्थापन र त्यसमा आधारीत आम्दानी पनि सँगै भएको पाईयो ।
खानेपानी व्यवस्थापन ः
अष्टे«लियामा म पुगेको ठाउँमा खानेपानीको स्रोत निक्कै कठिन रहेछ । जमिनमुनिबाट पानी निकाल्न नसकिने रहेछ । त्यसैले आकाशे पानी भण्डारणका लागि ठूला ठूला पोखरी बनाएको पाईयो । त्यहि पोखरीको पानी शुद्धिकरण गरी उपभोक्तासम्म पु¥याईएको रहेछ । सहर निश्चित स्थानमा छ । बजार, पसल, महल सबै निश्चित स्थानमा छन् । ग्रामीण क्षेत्र भनिए पनि त्यहाँ हरेक प्रकारका सुविधा पुगेका छन् । वातावरण सफा छ । घरहरु व्यवस्थित छन् । त्यस नजिकै जंगलझै देखिने बाक्लो वन क्षेत्र छ । त्यहाँका रुख पनि यस्ता हुँदा रहेछन् कि, सुख्खायाममा त रुख रुखनै आपसमा घर्षण भएर आगो लाग्दो रहेछ । मलाई त्यहाँ केहि व्यक्तिले भन्थे–‘तीन तिरबाट समुद्रले घेरिएको सो स्थानमा बस्ती विकास भएको लामो समय भएको रहेन छ । सुविधा केहि नभएको र समुद्रले घेरिएको ठाउँ भएकाले बेलायती उपनिवेशका बेला अपराधीहरु लगेर राखिने ठाउँ भनिने त्यस स्थानमा करिव २ सय वर्ष देखि बस्ती विकास भएको हो ।’ तर त्यहाँको विकासले अहिले ति सबै कुरा विर्साई दिएको रहेछ ।
बलियो उपभोक्ता अधिकार ः
त्यहाँ बिभिन्न देशका मानिस पुगेका छन् । तर कसैलाई पनि म ठगिन्छु भन्ने चिन्ता छैन । किनभने त्यहाँ उपभोक्ता अधिकार यति बलियो छ कि, चाहेर पनि कसैले ठग्न सक्दैन । कुनै सामान खरिद गरेर लग्यो, मन परेन भने निश्चित समयसम्म फिर्ता हुन्छ । बदलामा अर्को वस्तु वा नगदनै लैजान्छु भन्न पनि पाईने । बिल बिना कुनै कारोवारनै हुँदैन । त्यसैले राजश्व छलिको सम्भावना पनि छैन । प्रतिष्पर्धा पनि उस्तै चर्को छ । विक्रेताहरुले एसएमएस् समेत गरेर उपभोक्ताहरुलाई आफ्नो बस्तु तथा सेवा बारे जानकारी दिने, आकर्षित गर्ने अभ्यास छ । फेसनको मामिलामा त्यहाँका बासिन्दा निक्कै सचेत पाईयो । खासगरि लुगा कपडाको तीव्र फेसनको लहर चल्दो रहेछ । चाँडै फेसन परिवर्तन हुने भएकाले केहि समय पछिनै व्यवसायीले आफ्ना सामान बेच्न जोड गर्ने । अर्को फेसनको समान आए पछि पुराना नविक्ने भएकाले जति सस्तो गरेर पनि व्यापारीले समान बेचिहाल्न चाहने । नबिकेमा रद्दीकै रुपमा फाल्नु पर्ने । समान नविके गोदाममा राख्दा पनि कर लाग्ने भएकाले त्यो बोझ सहनु भन्दा सस्तोमा बेच्ने र नबिके फोहरको रुपमा त्यहि अनुसारको व्यवस्थापन गर्ने चलन रहेछ ।
करको अभ्यासः
त्यहाँका नागरिकहरुमा कर तिर्न कुनै हिचकिचाहट पाइएन । आम्दानीको दर अनुसार १० देखि ६० प्रतिशतसम्म कर निर्धारण गरेको बुझियो । कर छलि गर्ने कसैले ईच्छानै नगर्ने, चाहेर पनि नसक्ने । बरु कर तिर्न उत्साहित हुने । आफू सक्रिय भएको समयमा जति बढि कर ति¥यो, बुढेसकालमा त्यसकै अनुपातमा सामाजिक सुरक्षाको रुपमा फिर्ता पाईने भएकाले आफ्नो भविष्यको सुनिश्चितताका लागि पनि नागरिकहरु कर तिर्न प्रेरित भएको देखियो ।
ट्राफिक तथा सडक व्यवस्थापन ः
मैले सडकमा ट्राफिक प्रहरी देखिन तर यातायात यति सहज रुपमा सञ्चालन भएको छ कि, कसैले कसैलाई अवरोध पु¥याएको छैन । ट्राफिक संकेत तथा सीसी क्यामराचाँहि राम्रैसँग राखिएको रहेछ । कसैले नियम उल्लङ्घन गरेमा प्रणालीलेनै जरिवाना तथा क्षतिपूर्ति निर्धारण गरी हाल्दो रहेछ । त्यसको विल सम्बन्धित व्यक्तिको घरैमा जाने । यदि तिर्न अटेर गरेमा, लाईसेन्स नविकरण नहुने । लाईसेन्स नविकरण नभए पछि त गाडी कुदाउनै पाईएन । यति गर्दा पनि नभए बैंक खाता रोक्का हुने । त्यहाँ अधिकांश आर्थिक कारोवार क्रेडिट कार्ड तथा एटीएमबाट हुने भएकाले बैंक खाता रोक्का हुन साथ कुनै पनि कारोबार गर्न पाएन । अनि त सो व्यक्ति चाहेर–नचाहेरनै आफ्नो दायित्व चुक्ता गर्न पुगि हाल्नु प¥यो नि । यदि अर्को देशको नागरिक रहेछ र उ सबै कानुनी दायरा नाघेर आफ्नो देश पुगेमा सम्बन्धित देशसँग सहकार्य गरेर पनि असुल उपर गर्ने चलन सुन्दा निक्कै प्रभावकारी लाग्यो ।
त्यहाँका सडकहरुको बनोट पनि हाम्रो भन्दा फरक छ । घुमाउरो बाटोमा पनि ‘फूल स्पिड’मा चलाउन मिल्ने । आ–आफ्नो स्पिड अनुसारको लेनको व्यवस्था । उछिन पाछिन पनि नहुने । यि सबै कुरा योजना र अभ्यासबाटनै सफल भएको देखियो ।
स्वास्थ्य र सुविधा ः
स्वास्थ्य सुविधा लिन अधिकांशले स्वास्थ्य बीमा गरेका छन् । अस्पतालहरु सुविधा सम्पन्न छन् । बीमाले उपचार गर्न सहज छ । कसैले रोग पाल्नु परेको छैन । तर त्यहाँ पनि आँखा र दाँत सम्बन्धी उपचार चाँहि बीमाले नहुने बुझियो । यसको खास कारण चाँहि के हो कोनी ? हुन त, मानिसहरु खानेकुरामा साहै्र सचेत छन् । तर पनि घर बाहिर कुनै कुरा खानु प¥यो भने सहजै पाउने भनेको तयारी तथा प्याकेजिङ गरिएका खानेकुरानै हुन् । त्यसमा पनि गुणस्तर र शुद्धताको प्रत्याभूत हुने भएकाले मानिसहरुले सहजै लिएको पाइयो ।
कृषि प्रणाली ः
त्यहाँ खेती गर्नेलाई निक्कै सम्मानपूर्वक लिईन्छ । कृषि क्षेत्र पनि औद्योगीकरण भएको छ । हाम्रो जस्तो छिटफुट र थोरै थोरै खेती गर्ने चलन देखिएन । मानिसको निजी जमिन कम हुने भएकाले सरकारी जमिन ५० वर्ष सम्मका लागि लिजमा लिएर बिघौका टनेल र ग्लास हाउस बनाईएका छन् । एउटा ग्लास हाउस अवलोकन गरिएको थियो, झण्डै १५ बिगाहाको थियो त्यो । लामो अवधीको सम्झौता भएकाले करोडौंको लगानी गरेर त्यस्ता टनेल र ग्लास हाउस बनाईएका छन् । त्यहाँ मलाई एकजनाले भनेका थिए–‘ग्लास हाउसको एउटा टमाटरको बोटबाट १३ सय किलो सम्म टमाटर फल्छ ।’ मैले ढुक्क भएर त पत्याईन । तर ति व्यक्तिका अनुसार ग्लास हाउसमा लगाईएको बोट बिरुवाले केहि समय मात्र उत्पादन दिने होईन, वर्षै भरि फल दिने रहेछ । तापक्रम, पोषण,सिँचाई सबै मिलाईएकाले उत्पादनको आकार, वजन, स्वरुप पनि एकनासको हुने बुझियो । त्यहाँको माटो हेरि नेपालको स्वर्ग नि, यहाँ जे झ¥यो त्यहि उम्रन्छ, फल्छ । तर त्यहाँ अनेक मेहनत गरेर वनस्पति उमारिएका छन्, खेती गरेका छन् ।
सिकेको पाठ ः
अष्ट्रेलियाको विकासबाट हामीले सिक्ने पाठ त धेरै छन् । तर तुरुन्तै परिवर्तन गर्न गाह्रो छ । यदि स्रोत साधनमा पारदर्शीता कायम गरियो भने विकास प्रति नागरिकको साथ पक्कै पढ्छ । हामीले तिरेको कर केका लागि भनेर नागरिकलाई बुझाउन र सुनिश्चितता गराउन सकियो भने कर संकलन ठूलो कुरा होइन । यस्तै सहरहरुको विकासलाई हामीले योजनावद्ध बनाउनु प¥यो । विगतका किन भएन ? यो कुरा सबैको प्रश्नबाट हुन सक्छ तर अब पनि हामीले गर्न सक्छौं । यस्तै फोहाेर संकलन, सरसफाई, वातावरण संरक्षण जस्ता कुराहरुलाई अनुशरण र अभ्यासको वातावरण बनाउन सकियो भने पनि हामीले धेरै कुरामा सुधार ल्याउन सक्छौ भन्ने लाग्छ ।