देश–समाज

उपवास बस्दा वृद्धाको मृत्यु

जलेश्वर । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–६ बगेया गाउँ बस्ने जगदिश पाण्डेकी पत्नी ७१ वर्षीया मिथिलेश देवी पाण्डे रहेको वडाध्यक्ष सुमन्तकुमार रायले बताउनु भयो ।

यस वर्षको जितिया पर्व निकै लामो समय अवधिको भएको कारण ती वृद्धा खाली पेट त्यतिसमयसम्म बस्न नसक्दा र यस पर्वको समापन अघि कुनै खानेकुरा वा पानी पनि खाएमा पर्व भङ्ग हुने ९टुट्ने० मान्यता रहेको कारण पर्व सकिनु अघि खान नमानेपछि उनको शरीरले भोको पेट थेग्न नसक्दा मृत्यु भएको वडाध्यक्ष रायले बताउनु भयो ।
शनिबार बिहान ४ बजेदेखि नै जितिया पर्वको उपवास बसेकी ती वृद्धाले आइतबारसम्म बस्न सकिनन् भने उनलाई खानेकुरा वा पानी पनि खानभन्दा खान नमानेपछि उनको उपवास बसेकै अवस्थामा मृत्यु भएको हो ।

Author

You may also like