एजेन्सी, भारतमा विद्युतीय चुरोट प्रतिबन्ध लागेको छ । विद्युतीय चुरोटमाथि भारतको मन्त्रिपरिषदले बुधबार प्रतिबन्धको निर्णय गरेको हो । अब भारतमा विद्युतीय चुरोटको विक्री, उत्पादन, आयात र वितरणमा पूर्ण प्रतिबन्ध लागेको छ । विद्युतीय चुरोट स्वास्थ्यका लागि हानिकारक रहेको र युवाहरु लतमा लागेको भन्दै प्रतिबन्ध लगाएको भारतीय अर्थमन्त्री निर्मला सीतारामनको भनाई रहेको भारतिय संचार मध्यमले जनाएका छन् ।
भारतमा चार सय ब्रान्डका विद्युतीय चुरोट भित्रिएको तथ्यांक समेत सीतारामनले प्रस्तुत गरेकी थिइन् । १४० स्वादका विद्युतीय चुरोटमध्ये कुनैपनि भारतमा उत्पादन भएका होइनन् । अमेरिकाको न्युयोर्क र मिचिगनमा हालैमात्र विद्युतीय चुरोटमाथि प्रतिबन्ध लगाइएको छ । कतिपयले चुरोटको लत छुटाउन विद्युतीय चुरोटको प्रयोग गर्छन् ।