बाँके, बाढीका कारण बाँकेका सयौँ घर डुबानमा परेका छन् । बाढीले खजुरा गाउँपालिका, जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका बढी प्रभावित भएको छ ।
खजुरा गाउँपालिकामा मानखोला र जेठी नालामा आएको बाढीका कारण दशविगाह, आठ विगाह र सिन्दुरे गाउँ डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बाँकले जनाएको छ । डुबानका कारण ६४ घरपरिवारका २५३ जना जनसेवा माविमा आश्रय लिएर बसिरहेका छन् । वर्षाका कारण नेपालगञ्ज विमानस्थलबाट पहाडी तथा हिमाली जिल्लामा हुने उडान प्रभावित भएका छन् । बिहिबार बिहानदेखि नेपालगञ्ज र अन्य क्षेत्रमा पानीको सतह घट्न थालेको छ ।