हालै मदन भण्डारीको सम्झनामा नेपालका बयोबृद्ध कम्युनिस्ट नेताहरू एकै मञ्चमा उभिएको देखियो । त्यसमा भूतपूर्व राष्ट्रपतिदेखि प्रधानमन्त्री समेत बनिसकेका मान्छेहरूको उपस्थिति थियो । ती उपल्ल्लो दर्जाका निबृत कर्मचारी जस्तै देखिए । ती सपना देखिरहेका थिए ।
हिजो आकास पनि मेरै हो, धरती पनि मेरै हो भन्ने थिए । राज्य पनि, राज्य संयन्त्र पनि मेरै हो भन्नेहरू थिए । दल पनि, विचार पनि मेरै हो भन्नेहरू थिए । यो भूगोलको माटो पनि, पानी पनि मेरै हो भन्नेहरू थिए । ती यस्तै सोच राखेर निरन्तर आप्mनो जवानी सत्ताको लतसंग साटेको जीब्रोबाट तरर पानी आउनेहरू थिए । सास रहुञ्जेल सत्तामा बसिरहनु पर्छ भन्नेहरू थिए । केपी शर्मा ओलीको एउटा शब्द सापटी ल्याउने हो भने त्यो एउटा ‘बृद्धश्रम’ जस्तै थियो । धूमिल, ख्याउटे र लुइरे बनिसकेका सारा इन्द्रियहरू बोकेर ती शून्यतामा बाँचिरहेका देखिन्थे ।
तिनले न त इतिहास सम्झन्थे, न त बर्तमान, न त भविष्य । ३५ बर्षमा तिनका अनुहार ऐनामा पनि नदिखिने ‘धूलो’ लागेर निश्पट्ट भएका बेला ती ‘हामी सुन्दर छौं’ भनेर बोलिरहेका थिए । तिनको कुरूप अनुहारमा एकता नामको ‘जलप’ लगाएपछि ‘सुन्दर’ बनिहाल्छ भन्ने भ्रम पनि देखियो । न त हिजोका ‘अमानवीय’ राज्य सञ्चालनको टीका थियो, न त त्यसप्रति कुनै आत्मग्लानी थियो । बरू भ्रम थियो ‘हामी सुन्दर छौं’ भन्ने । भ्रमको शिकार हुनु भनेको आप्mना इन्द्रियहरूले काम नगर्नु हो ।
समयको छालले तिनलाई किनाराकृत गरिदिएको ज्ञान पनि देखिएन । ‘हामी बेलुन भयौं, अनि हामीलाई जेन्जीको आँधीले किनाराकृत गरेको हो’ भन्ने हेक्का पनि देखिएन । नाति पुस्तामा देश गइसक्दा पनि ‘हाम्रा पनि नाति छन् त’ भन्ने चेतना सम्म पनि देखिएन । तिनका आँखाको दृष्टि शक्ति यति कमजोर भएछ कि तिनले आप्mना नातिपुस्ता देख्दा पनि देखेनन् । सम्झिँदा पनि सम्झेनन् । यति सम्म कि युवा पुस्ता कोही पनि नदेख्ने दृष्टि रोग लागेको जस्तो देखियो । किनभने मुलुकको सर्बोच्च पदमा पटक पटक पुगिसकेका मान्छे ‘लौरो टेक्दै’ अब फेरि ‘खोला मैतिर फर्काउँछु’ भन्दै रमाउँदै गर्दा लाग्थ्यो उनीहरूको गन्तब्य भनेको राजकीय सत्ता प्राप्त गर्नु मात्र हो । त्यो त उनीहरूले साढे तीन दशक प्राप्त गरेकै थिए त, किन किनाराकृत भए आपैm ? किन भाग्नुप¥यो? किन चुनावमा हार्नुप¥यो ? किन उनीहरूका फोटा बिकेनन् ? किन उनीहरूका चूनावी अभियानमा उनीहरूका अनुहार बिकेनन् ? कहिल्यै समीक्षा भएन । अर्कालाई गाली गर्न सिके जीवनभरमा, त्यही प्रयोग गरिरन्छन् अहिले पनि । उनीहरूको कुनै भिजन छैन । किनभने उनीहरू भिजन पढेर सत्ता सम्हाल्न आएका मान्छे पनि होइनन् ।
पुलिसलाई ढुंगा हानेर, मान्छे मारेर, जेल बसेर, अर्काले लेखिदिएका दस्तावेज र कोरा सिद्धाहरू पढेर आएका मान्छे हुन् । हिन्दीमा उल्था गरिएका रसियन कितावहरू पढेर आएका मान्छे हुन् । कमा, फुलस्टप र केही सीमित पदावलीहरूमा उनीहरू सात बर्ष पनि ‘गफ’ गर्न सक्छन्, त्यही गफ बेचेर आएका हुन् । धेरै बोल्न सक्छन् । तिनले गफ त कति गरे गरे । बोल्न त कति बोले बोले । ‘गफले पानी तताउने’ उनीहरूको ‘पुरानो’ रणनीति अभैm जीवित छ जस्तो देखियो । तिनले गफले भात पकाए ।
गफले नै खाए । गफले नै नुहाए । गफले नै आकास खसाए । गफले नै पाताललाई आकास बनाए । गफले नै आकासलाई पाताल बनाए । ती यति ब्यस्त थिए कि राति एक बजेसम्म सुत्न पाउँदैनथे । दैनिक दश हजार कार्यकर्ताको लावालस्करलाई ‘चित्त’ बुझाएर घर पठाउनु पथ्र्यो । कार्यकर्ताको बिहे, पास्नी, क्रिया, जन्ती, मलामी जान भ्याइनभ्याइ हुन्थ्यो । मन्त्रालयभन्दा पार्टी कार्यालयको ‘प्रेम’ हुन्थ्यो । त्यहींबाट ‘देश चल्थ्यो’ । दश लाखको सरकारी आयोजनको रातो रिवन काटेर उद्घाटन गर्न दश लाख खर्च गरेर जानु पथ्र्यो । तिनले आप्mनो ‘बखान’ आपैmं गर्थे । ती ‘नार्सिसस’ थिए । जनतालाई बिभाजन दस्तावेजमै गर्थे कसैलाई ‘दुश्मन’ किटान गरेर । आपूm मात्रै सही, बाँकी सबैलाई गलत भने ।
तिनले भविष्य देख्न पनि सकेको देखिएन । उनीहरूले स्थापना गर्न खोजेको ‘मानक’ पनि म्याद बितेको औषधी हो भन्ने थाहा भएको पनि देखिएन । त्यो मानक आनुसार ‘रास्वपाले गल्ती गर्नू पर्ने, रवि र बालेनको बीचमा फाटो आउनु पर्ने, रास्वपा फुट्नु पर्ने’ यस्तै यस्तै मानक लागु हुन्छन् कि भनेर पर्खिएर बसेको जस्तो देखिन्थ्यो । तिनलाई गाली गर्दा पो हिजो उनीहरूलाई भोट दिएका मान्छे फिर्किन्छन् कि भनेर ‘बल्छी’ थापेको जस्तो देखिन्थ्यो । उनीहरूका ‘बृद्ध’ र ‘अवकास प्राप्त’ अनुहार फेरि पनि जनतामा ‘बिक्छन्’ कि भनेर मान्यता राखेको जस्तो पनि देखिन्थ्यो । आप्mना केही युवाहरूलाई सडकमा उतारेर परिस्थिति ‘उल्टिन्छ’ कि भनेर आस गरेको जस्तो पनि देखिन्थ्यो ।
तिनले आन्दोलनका कुरा गरे । तिनलाई थाहा भएन, तिनले इतिहासमा यति धेरै आन्दोलन गरे कि तिनको फेहरिस्त बनाउने हो भने महाभारतभन्दा ठूलो ग्रन्थ बन्छ । २००३ सालदेखि तिनका दिमागमा ‘आन्दोलन’ बाहेक केहीपनि अभिव्यञ्जना छैन । ती सिर्पm आन्दोलनको कुरा गर्छन् । सिर्पm आन्दोलन गर्छन् । अनि शक्ति र सत्ता प्राप्त गर्छन् । र आप्mना ‘आवश्यकता’ पूरा गर्छन् ।
यी सबै कुरा नजानेर भनौं वा जान्दा जान्दै उनीहरू ‘लौरो टेकेर’ फेरि आन्दोलनको कुरा गर्न थालेका छन् । तीन महिना पनि सत्ता बाहिर बस्न नसक्ने ‘मनोरोगी’ हरूको त्यो कार्यक्रमले राष्ट्रपति पदबारे पनि गम्भीर प्रश्न उब्जाएको छ । त्यो पदले सारा नेपालीको प्रतिनिधित्व गरेनछ । त्यो राज्यको सबैभन्दा ठूलो पद पाइसकेको मान्छे फेरि एउटा दलको ‘सदस्य’ बन्न किन मरिरहत्ते गरिरहेको छ? दलको ‘कार्यकर्ता वा नेता’ देशको सर्बोच्च पदभन्दा पनि ‘महान’ कसरी बन्यो ? दलमा के छ त्यस्तो कुरा जुन राष्ट्रपति पद भन्दा ठूलो चिज पाइन्छ ? यदि राजनीतिक दलको ‘झोले’ राष्ट्रपति पदभन्दा बढी गरिमामय हुन्छ भनेर प्रमाणित गर्न खोजेको हो भने नेपाली जनताले त्यो राष्ट्रपति पद तुरून्तै खारिज गरे हुन्छ । यही चाहेको हो उनीहरूले ? एउटा पूर्व राष्ट्रपति रूखमा भोट माग्दै हिंड्ने, अर्को ‘बाम एकता’ गराउँदै हिड्नुले अब यो राष्ट्रपति शब्दले नेपालीको शीर गिराउन थालेको छ । यो ‘दलको भक्त’ देशको ‘साझा’ ब्यक्ति कुनै पनि हालतमा हुनसक्दैन भन्ने कुरा प्रमाणित हुँदै गएको छ । यही गर्न यो सविधान बनाएको हो ? यही गर्न साठी र सत्तरीको दशक खरबौं रूपैयाँ खर्चिएर त्यो ‘बिभेदकारी’ संबिधान बनाएको हो ?
नयाँहरू आएका छन् । खराब काम गरे भने पाँच बर्षमा अर्को चूनाव आउँछ, हराइदिए भइ गो नि । लोकतन्त्रमा जनताले भोट फेर्छन्, कुनै दलको सदस्य लिएर जीवनभर त्यही दललाई भोट हाल्ने ‘लेनिनबादी’ संगठनात्मक प्रणाली अव मृत भइसक्यो । एकपटक जनताबाट तिरस्कार भइसकेपछि फर्किएर त्यो अभिमत फेरि कहिल्यै आउँदैन ।
दुईतिहाइ ल्याएर दबदबा मच्चाएको भारतीय कांग्रेस चालिस बर्षमा पनि बौरिन सकेको छैन । बीस बर्ष एकछत्र शासन गरेको ज्योति बसुको भारतीय कम्युनिष्ट पश्चिम बंगालमा ढलेपछि त्यो कहिल्यै पनि फर्किएर आएन । अनि यहाँ चाहिं ‘झर्ला र खाँउँला’ भन्दै रास्वपाले गल्ती गर्छ अनि भोट फेरि हामीलाइनै आउँछ भन्ने दिवास्वप्ना चलिरहेको छ । जनता ब्याक हुँदैनन्, बरू फरवार्ड हुन्छन्, अघि बढ्छन् । रास्वपा असफल भए अर्को रवि र वालेन जन्मिन्छन् र युवा त्यता लाग्छन् । तर यिनीहरूको ‘बृद्धाश्रम’ मा कोही पनि जाँदैनन् । त्यही भएर मैले एमालेका एक जना केन्द्रिय सदस्यलाई अस्ति चुनावपछि एमाले जगाउन एउटा ‘टिप्स’ दिएको थिएँ, ‘अब एमाले जोगाउने र जनताको सहानुभूति फेरि पनि लिने हो भने सुहाङ्ग नेम्बाङ्गलाई एमालेको अध्यक्ष बनाउनू, त्यसो भयो भने दल जीवीत रहन्छ ।’ तर त्यो मन्त्र उहाँहरूलाई ‘वाइयात’ लाग्यो । सत्य चाहिं त्यही थियो । सत्यलाई परास्त्र गरेर, इतिहास र बर्तमानलाई नजरअन्दाज गरेर उनीहरू बाँचिरहेको पनि देखियो । तर उसदिन जे देखियो, त्यो अकल्पनीय सपनाको बजार थियो । त्यो बजार त्यो दिन बितेपछि निराकार जस्तै देखियो । फेरि त्यो कतै पर्दामा देखिन छाडेको छ । त्यो एकता ‘ए…कता ?’ भएको जस्तो देखिन पुगेको छ, जुन दुर्भाग्य हो । यान्त्रिक एकताले काम गर्दैन, भावनात्मक एकताले मात्र काम गर्छ भन्ने कुरा पनि बुझेको देखिएन । त्यो यी कम्युनिस्ट पार्टीहरूमा मात्र होइन, नेपाली कांग्रेसको चुटिएको रूखको जरो यान्त्रिक रूपले जोडने प्रयास भइरहेको छ, त्यो भावनात्मक भए मात्र अर्थपूर्णहुन्छ भन्ने पनि बुझेको देखिएन । यहाँ यस्तै कहिल्यै चेतना नआउनेले बनाएको इतिहास पढ्नु पर्छ, यही त हो हाम्रो नियती ।
दमक, झापा

Author

You may also like