हाम्रो भ्रमणको चौथो दिन । सेन्टर इन लेकको एक रातको बसाइपछि बिहनै हामी कालिका बहुमुखी क्याम्पसतर्पm लाग्यौं । लगातार परिरहेको पानीले हाम्रो समयलाई पखालिरहेको थियो । त्यो समयलाई सुकिलो बनाइरहेको थियो । मुकुलित बनाइरहेको थियो । कालिका बहुमुखी क्याम्पसको प्राङ्गणमा प्रवेश गर्दा यस्तै अनुभूति भयो । सार्वजनिक बिदाको दिन परेकाले विद्यार्थी नभए पनि भए जस्तै लाग्यो । अनि बिदा भए पनि नभए जस्तै लाग्यो ।
मूल भवनको माथिल्लो तलामा क्याम्पस प्रमूखको कार्यकक्ष अगाडि एकछिन टक्क उभिएँ, नाम पढें । आखिरि के छ र नाममा भन्ने वाइयात कुरा संभेंm, नाम पनि केही रहेछ । नामकै कारण बनाएर बेलायती नाटककार ओस्कर वाइल्डको नाटक ‘द इम्पोर्टेन्स अभ बिइङ्ग अर्नेस्ट’ संभेंm । त्यो कारण थियो क्याम्पस प्रमूखको नाम । मीठो नाम ‘बिरानजी गौतम’ । मुस्कुराउँदै उहाँले हामीलाई बैठक कक्षमा लग्नुभयो । पचिययात्मक कार्यक्रम पछि उहाँले आप्mनो क्याम्पसको प्रस्तुती सुरू गर्नुभयो । क्यामपसको बिगत, बर्तमान र आगतका कुरा गर्नुभयो । क्याम्पसका सबै ‘डेटा’ कण्ठस्त । कति अचम्मलाग्दो ! क्याम्पसका अकल्पनीय आयामहरू सुन्यौं । अकल्पनीय चरित्रहरू देख्यौं । अकल्पनीय पाइलाहरू पढ्यौं । विद्यार्थीको शुल्कबाट उठेको पैसाले कुनै पनि पूर्वाधार निर्माण नगर्ने । अर्थात् फीबाट उठेको पैसाले भवन निर्माणहरू नगर्ने । पूर्वाधारको लागि चाहिने संपूर्ण रकम समुदायले नै उपलब्ध गराउने ।
उहाँहरूको कामको, उपलब्धीको रप्mतार पनि अकल्पनीय । प्रकृयामा समावेश भएको २७ महिनामा अंतराष्ट्रिय गुणस्तर ‘क्यूएए’ प्राप्त गर्नु उहाँहरूको अर्को अकल्पनीय कुरा थियो ।
सबैभन्दा अकल्पनीय कुरा त सञ्चालक समितिका मानिसहरू पोखराका उद्योगपतिहरू रहेछन् । त्यस क्याम्पसबाट उत्तीर्ण गर्ने सबै विद्यार्थीलाई ‘जव ग्यारेन्टी’ रहेछ । तिनै सञ्चालकहरूले ‘पास आउट’ विद्यार्थीहरूलाई जागीर दिँदा रहेछन् । त्यहाँ पढ्ने विद्यार्थीले कतै पनि जागीर खोज्न जानु नपर्ने ।
वाउ !
यो सुनेर मन चिसो भयो । सञ्चालक समितिको भनेको के रहेछ भन्ने पनि थाहा भयो ।
उहाँहरूको सोच पनि फरक ।
अतिरिक्त पाठ्यक्रममा मन्टेश्वरी, पर्यटन आदि बिषयहरू पढाउनुहुँदो रहेछ । जसले गर्दा विद्यार्थी भोलि बेरोजगार नहोस । कति सुन्दर सोच ?
अझ सुन्दर कुरा त विज्ञ व्यत्तिहरूको कदर गर्ने, अनि त्यसलाई क्याम्पसको सम्पत्ति बनाउने । डा. रमेश कुँवर पोखराको मात्रै होइन, पूरै एसिया र युरोपको संपत्ति हुन भन्ने त थाहा थियो, त्यस क्याम्पसको त्यो पाइलामा रमेश कुँवरका पाइला पनि थपिएका रहेछन् । पर्यटन र अनुसन्धानमा अब्बल अन्तराष्ट्रिय व्यक्तित्व रमेश कुँवरको साथले त्यस क्याम्पसले विदेशी विश्वविद्यालयहरूसंग सहकार्य गरिरहेको रहेछ, संबन्ध स्थापित गरिरहेको रहेछ । विरानजीको थाइ विश्वविद्यालयको एउटा सेमिनारमा भागलिन बैङ्कक जाने कार्यक्रम पनि रहेछ ।
‘यो फोटो मैले आपैmं खिचेको’, उहाँले स्लाइड प्रस्ततीमा देखाएको क्याम्पसको मूल भवनको फोटो देखाउँदै भन्नुभयो । त्यो फोटोमा क्याम्पसको अनुहारसंगै माछापुच्छ«े हिमाल पनि टिलिक्क टल्किरहेको थियो । त्यो बिम्ब थियो । कालिका बहुमुखी क्याम्पस त्यो हिमाल जस्तै माथि माथि अग्लिदै छ । त्यो हिमाल जस्तै कञ्चन भएर ठडिरहेको छ । सामूहिक फोटा खिचेपछि हामी बिदा भएर निस्क्यौं ।
त्यसपछि हाम्रो गन्तब्य थियो पोखराकै अर्को क्याम्पस ‘जनप्रिय बहुमुखी क्याम्पस’ । कति सुन्दर नाम ! त्यो नामले निकै उत्सुक बनायो । किनभने अघि बिहानैदेखि नामका सुन्दर आयामहरू पढिरहेको थिएँ । जब हामी क्याम्पसको गेटबाट भित्र प्रवेश ग¥यौं, नामको मोहदंश सुरू भयो ।
प्रवेशद्वारबाट भित्र प्रेश गर्नै बित्तिकै चौरीमा राखिएको कुर्सीमा हामीलाई स्वाग गर्नुभयो त्यस क्याम्पसका ‘फोकल पर्सन’ याम कुमार बरालले । उहाँहरूसंगको परिचयको कार्यक्रम सकएिपछि ‘वेस्ट प्राक्टिसेस’ हरूको आदानप्रदान गर्ने कार्यक्रम थियो । तर प्रदान धेरै भयो, आदान देखिएन । त्यस क्याम्पसका आयामहरू देखेर, सुनेर हर्के साहुको घरको कथा जस्तै लाग्यो । पौस माग्न जाँदा उसले उल्टै उसैलाई एक रूपियाँ भएपनि दिउँ दिउँ लाग्ने बनाउँथ्यो रे । हामीलाई त्यस्तै लाग्यो । सडकको गीत लाग्यो । गाडी सडकमा । कम्पाउण्ड वाल सडकमा । भवन सडकमा । विद्यार्थी सडकमा । हुँदा हुँदा क्याम्पस प्रमूख सडकमै । सञ्चालकहरू सडकमै । राम सरले ‘दमकबाट हामी आएका छौं’ भन्दा पनि क्याम्पस प्रमूख आउनु भएन । कारण, उहाँलाई सञ्चालक समितिले ‘उडाउन’ लागेको रहेछ । उहाँ निरास हुनुहुँदो रहेछ क्यार । कुर्सीबाट तल आउनु भनेको तलै होला, सडक । त्यो शिलशिला चलिरहने प्रकृया रहेछ त्यहाँ ।
‘यहाँ पनि राजनीतिले खाएको रहेछ’, सरहरू भन्दै हुनुहुन्थ्यो साउतीमार्दै । त्यो ‘पनि’ भन्ने संयोजकको मैले अब कुनै ब्याख्या गर्नु परेन । विश्लेषण गर्नु परेन ।
विपर्यहरूको मेल नै यो समयको अस्थित्व रहेछ भन्ने लाग्यो । त्यही ठाउँमा एउटा माछापुच्छ«े टल्किएर उभिएको, अर्को सडकको गीत गाएर निन्याउरो अनुहार बोकेर बीच सडकमा उभिएको । यही रहेछ अस्थित्व, दिन र रात, आकास र धर्ती, कालो र सेतो । दिन के हो भनेर बुभ्mन रात के हो भनेर जान्नु पर्छ । रात के हो भनेर बुभ्mन दिन के हो भनेर जान्नु पर्छ । यही चक्करमा त्यो समय पनि फनफनी घुमिरहेको थियो ।
सामान्य कुराकानीपछि हामी निस्कियौं । बाटामा कतै खाना खाने योजना थियो । यसैमा बिरानजी सर पनि जोडिनु भयो । मुग्लिङ पुगेर संगै खाना खाने योजना बन्यो । ‘दालभात रेस्टुरेन्ट’ रहेछ त्यहाँ । बिरानजी सरले पढाएको विद्यार्थीको होटल । जापान बसेर, काम सिकेर आप्mनै होटल चलाएका युवा थिए ती । आपैंm भान्से लागेर पकाउने । सफा । ताजा । मान्छेको भीड उतिनै । त्यहीं आप्mनै गाउँकी दिदी कवियत्री विमला अधिकारीसंग भेट भयो । सपरिवार पोखरा घुम्न जाँदैहुनुहुँदो रहेछ ।
‘भोलि छ प्mलाइट । सेमिनार सकेर फिरिहाल्ने कार्यक्रम छ’, बिरानजी सरले आप्mनो योजना सुनाउँदै हुनुहुन्थ्यो । खानापछि हामी नारायणगढतर्पm लाग्यौं ।

Author

You may also like