दमक/ ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गत असार २ गते पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनीलकुमार केसी र कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो ।
अख्तियारले गत असार २ गते अर्याललाई काठमाडौंबाट पक्राउ गरेको थियो । त्यसपछि जर्मन कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई असार ३ गते पक्राउ गरिएको थियो ।
राहदानी छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियारले छानबिन गरिरहेको थियो। छानबिन सकिएपछि हाल हङकङमा पतिसँगै रहेकी आरजुविरुद्ध पनि मुद्दा चलाइएको हो ।