चुनाव नजिकिँदै जाँदा मानिसहरू अझ बढी निर्मम बन्दै गएका छन् । अझ बढी असशिष्णु बन्दै गएका छन् । अझ बढी आक्रमक बन्दै गएका छन् । यसका मूख्य दुई वटा कारण छन् । पहिलो, चुनावमा पराजित भइयो भने सत्तामा हुँदा खाइपाइ आएको र त्यसबाट लाभ लिइरहेका मानिसको चूलो बन्द हुने गर्छ हामी जस्ता गरिव मुलुकका मानिसहरूको लागि । त्यो जोगाउन ‘जसरी पनि चुनाव जित्नु पर्ने’ हुन्छ । यही कुराले मानिसलाई विवेक गुमाउन बाध्य पार्छ । अनि उनीहरू अकल्पनीय व्यावहार प्रदर्शनमा उत्रिन्छ न् । दोस्रो, लोकतन्त्रको मर्म नबुभ्mनु हो । उन्नत लोकतन्त्र भएका मुलुकहरूमा मतदाताले एउटै दललाई पटक पटक भोट दिँदैनन् । भोट दलको नीति, कार्यक्रम र व्यवहार हेरेर भोट दिन्छन् । त्यहाँ जनताले पटक पटक भोट बदल्छन् । यसले दल, तिनका उम्मेद्वार र कार्यकर्ता सबै सचेत, नैतिकवान, जिम्मेवार, जवाफदेही, पारदर्शी बन्न बाध्य बनाउँछ । यसले देश, जनता र लोकतन्त्रलाई बलियो बनाउँछ । बिकास हुन्छ । तर यहाँ त दलहरूले समग्र समाजलाई दलीयकरण गरेर तिनलाई सदस्य बनाएर, प्रशिक्षणको नाममा दिमागमा भूत भरेर ‘ब्रेनवास’ गरिदिएका हुन्छन् । अनि ती मानिसहरू आप्mनो दल र आप्mनो नेतालाई बाँचुञ्जेल ‘देवता’ मान्छन् । बाँचुञ्जेल भोट हाल्छन् । हजुरबाले पनि तिनैलाईै भोट हाले । बाले पनि तिनैलाई भोट हाले । म पनि तिनैलाई भोट हाल्दैछु । अनि म छोराछोरीलाई पनि ‘तिनैलाई भोट हाल्नु’ भनेर आदेश दिँदैछु । अनि म भन्छु कुर्लिएर ‘परिवर्तन खोइ ? बिकास खोइ ?’ अनि फेरि तिनले जे अपराध गरे पनि तिनकै पछि लावालस्कर लाग्छन् मान्छेहरू । अनि ती दलले किन हुनुप¥यो जवाफदेही ? किन हुनुप¥यो पारदर्शी ? आजीवन भोट जितिहालिन्छ । भोट लगाउने मान्छेहरूलाई ‘रोवोट’ जस्तै बनाएर समाजमा तयार पारेकै छ । जीवनभर भोट मिलेकै छ । गज्जव त के लाग्दै छ भने, फलानाले हा¥यो भने लोकतन्त्र कमजोर हुन्छ । लोकतन्त्र सकिन्छ । फलानाले जित्यो भने लोकतन्त्र बलियो हुन्छ । फलानाले जितेनभने ‘आकास झर्छ’ भने जसरी मनोवैज्ञानिक आतंक पैmलाइँदै छ ।
के ती नेताहरू हार्दैमा आकास झर्छ त ? लोकतन्त्र सकिन्छ त ?
विश्व तथ्यांकले के भन्छ ?
विश्वको सन् २००५ देखि आजसम्मको २० बर्षको तथ्यांक केलाउँदा चुनावमा उठेर हारेका शीर्ष नेताहरूको सूचिले फरक अनुभूति दिलाउँछ । यो कुरा मानिसलाई थाहा पनि छैन । त्यही भएर मानिस जति जति चुनाव नजिकिन्छ, त्यति त्यति बढी असहिष्णु बन्दै जान्छन् । यो प्राकृतिक रोग होइन, थोपरिएको रोग हो । जनतालाई मानसिक रूपले बाँधेर राखेको परिणाम हो । तर सच्चा लोकतन्त्रमा जनतालाई ‘बाँधिदैन’ पनि । तिनले आवश्यकता अनुसार मत परिवर्तन गर्छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको चुनावमा सन् २०२० मा जो वाइडेनसंग पराजित भए । अमेरिकाको लोकतन्त्र सकिएन त । जस्ताको तस्तै रह्यो त । बेलायतको सन् २०१० को चुनावमा प्रधानमन्त्रीका उम्मेद्वार भनिएका गोर्डोन ब्रोनले चुनाव हारे । डेभिड क्यामरूनलाई प्रधानमन्त्री बनाएर उन्नत लोकतन्त्रको संस्कृति देखाए । आजसम्म बेलायतको लोकतन्त्र हल्लिएको छ र ? सन् २०१२ मा फ्रान्समा राष्ट्रपति उम्मेद्वार भनेर पक्का मानिएका लोकप्रिय नेता निकोलस सार्कोजीले चुनाव हारे । लोकतन्त्रलाई केही भएन । क्यानाडामा प्रधानमन्त्रीका उम्मेद्वार भनिएका स्टिफन हार्परले सन् २०१५ मा चुनाव हारे । लोकतन्त्र सकिएन त त्यहाँ ! अस्ति भर्खरै अष्ट्रेलियाको चुनावमा प्रधानमन्त्रीका उम्मेद्वार भनिएका पिटर डोटन पराजित भए । तर त्यहाँ केही पनि भएन । प्रजातन्त्रमा केही असर परेको छैन । सन् २०२२ मा ब्राजिलको लोकतन्त्रको खम्बा भनिएका जायर बोल्सोनारो चुनावमा हारे, त्यहाँको लोकतन्त्र सकिएन त । त्यस्तै इजराइलमा सन् २०२१ मा अहिलेका प्रधानमन्त्री नेतान्याहु पराजित भए । पछि फेरि जितेर आए । अहिले पनि उनी प्रधानमन्त्री छन् ।
त्यस्तै, भारतमा अहिले पनि देवता सरह मानेका व्यक्ति अम्बेडकर, जसले भारतको संविधान बनाएका थिए, उनैले चुनाव समेत हारेका थिए । नेपालको प्रजातन्त्रको आइकन मानिएका कृष्णप्रसाद भट्टराईले समेत मदन भण्डारीसंग चुनाव हारेका थिए । प्रजातन्त्र सकिएन त ।
चुनाव हार्दा आकास झर्छ जस्तै गरेर दलहरू र तिनका नेता चुनावलाई प्रतिषठाको विषय बनाएर समाजलाई आतंकित पारिरहेका छन् । यसले चुनाव गलत भाष्यको आवरणमा गलत प्रपञ्चहरू रचेर आइरहेको छ । चुनावमा उठनु पर्ने विषयहरू उठेनन् । चश्मा का कुरा उठे । ज्याकेटका कुरा उठे । चढेका गाढीका कुरा उठे । हिजोका अप्रमाणित कुराका आरोप प्रत्यारोपका गीतहरू उठे । तिनै गीत खान्छन् उनीहरू । तिनै गीतले शरीर ढाकेर हिंड्छन् उनीहरू । तिनै गीत ओढेर, तिनै गीतहरू ओछ्याएर सुत्छन् उनीहरू । तिनै गीतका लय हालेर बाँच्छन् उनीहरू ।
तिनले लोकतन्त्रका आयाममा मौन हुनुहुन्छ । एक तिहाइ जनसंख्याले बिरोध गर्दागर्दै जारी गरिएको संविधानले काम गर्न नसकेर जनतामा घोर निराशा जन्माइरहँदा मौन हुनुहुन्छ । बरू त्यही संविधान जोगाउन पर्छ भनेर उत्ताउलो, नीरस र निरर्थक गीत गाउँदै हुनुहुन्छ उहाँहरू । भौतिक पूर्वाधारहरूलाई नै बिकास भनेर बच्चाहरूको जस्तो भाष्य बोलिरहनुभएको छ उहाँहरू । गज्जपको कुरा त भर्खरै सम्पन्न भएको बंगलादेशको चुनावमा जेन्जी आन्दोलनको नेतृत्व गरेर बंगलादेशको आमूल परिवर्तन गरेका विद्यार्थीहरूको दल नेशनल सिटिजन पार्टी (एनसीपी) ले जम्मा ३० जना उम्मेद्वार उठाएको थियो, ६ जनाले जिते । त्यो हिसावले उनीहरूले २० प्रतिशत भोट त पाएका हुन् त । त्यो कुराको फेद टुप्पो थाहा नपाई ‘त्यहाँ त ६ सिट मात्रै जिते जेन्जी आन्दोलनकारीले, तिनीहरू बंगलादेशमा त सकिए, नेपालमा पनि सकिन्छन्’ भन्दै झुटो औंला तेस्र्याइरहेका छन् । देशलाई आत्मनिर्भर बनाउने कुनै योजना र बहस छैन । अहिले निर्यात ३ मिलियन डलर, अनि आयात १७ मिलियन डलर भएको डरलाग्दो घाटा बोकेर प्यारालाइसिस भएको छ देश । १५ मिलियन डलरको बजेटमा १० मिलियन डलर पनि आन्तरिक श्रोत नभएको देश कतिदिन धानिन सक्छ आर्थिक रूपले ? यस्ता विषयहरू ओझेलमा छन्, अनि हामी चुनावमा जाँदै छौं । लोकतन्त्र झनै ख्याउटे बनाउने खतरा देखिँदै छ ।

Author

You may also like