भर्खरै मात्र, अर्थात् अस्तिको शुक्रबार सत्ताबाट बाहिरिएर यो समयको असौच बारेर बसिरहेका र आन्दोलनको बलमा सत्तामा पुगेका दुबैथरी मनुवाहरू एउटै मञ्चमा बसेर धूम मचालेर संविधान दिवस मनाइरहेको देखियो । यही संविधानले बाहिरिन बाध्य र यही संविधानले भित्रिन सफलहरूको सुन्दर दृष्य थियो त्यो । अन्य सडकहरूमा पनि देखियो यस्तै उत्सव ।
पटक पटक आप्mनै बहुमतको सरकार गिराउँदै मध्यावधि निर्वाचनमा देशलाई धकेल्दै गुट र उपगुटका स्वार्थपूरा गर्न नसकेर २०४६ सालको संविधन उत्तानो प¥यो । १० बर्ष पनि त्यसले काम गर्न सकेन । देशलाई अघि कढाउन सकेन । अरू १२ बर्ष लगाएर खरबौं राज्यकोष सकेर बनाएको २०७२ सालको संविधानले त १० बर्ष पनि देशलाई अघि बढाउन सकेन । र आज संविधान भन्दा बाहिर गएर यो सरकार बन्नु परेको छ ।
एक तिहाइ जनता यो संविधानभन्दा बाहिर थिए । अनि कसरी यो संविधानले काम गर्न सक्थ्यो ? समावेशी बनाउनु पर्दैनथ्यो ? सबैको अपनत्व हुनु पर्दैनथ्यो ? राष्ट्रिय उत्पादन र पूँजि शून्यतातिर गइरहेको र ९५ प्रतिशत आयात गर्ने देशमा हजारौं साम्सद, लाखौं बेतनधारी दलका मान्छे पाल्ने हैसियत यो देशसंग थियो ? छ ? हुने छ ? राज्यका सबै संयन्त्रहरूलाई दलीयकरण गरेर दलको झोला नबोक्ने स्वाभीमानीहरूलाई बाँच्न दिए ? न्याय र कानून कसरी मृत भए ? बिभेदकारी भए ? युवाका लािग कुनै योजना आए ?
आजभन्दा १२ बर्ष अघि नेपालको संविधान २०७२ जारी भएको भोलिपल्ट मेरो लेख ’पूर्वसन्देश’ दैनिकमा छापिएको थियो । मैले भनेको थिएँ उसैदिन, ‘भोलिका दिनमा नेपालीहरूले दुईटा मध्ये एउटा बिकल्प छान्नु पर्ने हुन्छः यो संविधान जोगाउने कि देश ? यो संविधान जोगाउँदा देश जोगिँदैन, देश जोगाउँदा यो संविधान जोगिँदैन ।’ कसरी मैले भनेका कुरा सत्य सावित भए ? अब यही संसदको चुनाव गराउने रे, यही गराउनु थियो भने कांग्रेस कम्युनिष्टको दुइतिहाइको सरकार छँदैथियो नि ? त्यस्तो चुनाव भयो भने फेरि उनीहरू गठबन्धन गरेर भए पनि बहुमत उनीहरूकै हुन्छ संसदमा । संसदले प्रधानमन्त्री बनाउने, अनि प्रधानमन्त्री उनै केपी बा, प्रचण्ड, शेरबहादुर । यसैका लागि भएको थियो त यो रक्तपात ?
अझै पनि समय छ, यो संविधानलाई समाबेशी बनाउँदा हुन्छ । तर पचास प्रतिशत जनता यो संविधानदेखि बाहिर छन्, स्वीकारेका छैनन् । तर अभैm पनि यही काइ परेको संविधानको गीत गाउने हो भने भविष्य झनै अन्योल देखिन्छ ।
मैले २०७२ असोज ४ गते पुर्वसन्देशमा लेखेको लेख एक पटक हेर्नु त !! कसरी सत्य सावित भयो ?
