नेपाल कृषिप्रधान मुलुक हो । यहाँ मानिवको जीवनमा आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुको खाँचो पर्दैन । यहाँ ढुंगोमा धान फलाउन सक्ने समथ्र्य नेपाली किसानको छ तर त्यो उनीहरुको समथ्र्य र लगावलाई सरकारले कहिल्यै बुझ्न सकेको छैन । व्यक्तिगत कमाई धन्दाको आधार तिनी किसान, तिनै गरिब र तिनै सर्वहारा नेपाली, तिनै सुकुम्बासी र तिनै निमुखाहरुलाई आधार बनाएर ठूला ठूलो परियोजना, योजना ल्याएका हुन्छन तर लक्षित वर्गसम्म पुग्नै सक्दैन ।
विदेश दातृ निकायहरुको एउटा रिपोर्ट सार्वजनिक भएको छ जुन रिपोर्टलाई अमेरिकाका विश्वभरिको विश्वसनिता बोकेका मिडियाले समेत प्रकाशन गरिसकेका छन ति हुन गरिब तथा विकासोन्मुख मुलुकलाई धनी विकसित राष्टूले दिने खबौं सहयोगको १० प्रतिशत पनि पुग्दैन । हो यहि प्रक्रिया छ नेपालमा आर्थिक पहुँच कम भएका मानिस लक्षित परियोजना वा योजनाहरु । नेपालका नेताहरुले तिनीहरुलाई आधार बनाएर कमाइ खाने भाँडो बनाएका छन् । तिनैलाई प्रयोग गरिरहेका छन् तर उपलब्धी भने शुन्य देखिन्छ ।
सरकारको सानो भरोसा र आडमा यहाँका किसानले जस्तो सुकै उत्पादन पनि गर्न सक्छन । २० वर्ष अगाडि अलैंची भारतीय भर थियो । तर पछिल्लो समयमा अलैंचा नेपालमै उत्पादन भएर विदेश निर्यातको अवस्थामा पुगिसक्दा पनि सरकारले बजारीकरणमा सहजता ल्याएको छैन । उनीहरुको उत्पादनमा उतारचढाव आइरहन्छ । किनकी यसको मूल्यमा स्थिरता देखिँदैन । सरकारले कुनै दीर्घकालिन नीति बनाएको छैन । कुनै बजारको व्यवस्थापन मिलाएको छैन तब उत्पादनमा उतारचढाव आउने गर्दछ ।
सरकारले कृषिलाई प्राथमिकता दिएर अरबौं रकम खर्चिएको भए पनि दीर्घकालिन र स्पष्ट नीति नहुँदा किसानको मेहनत वालुवामा पानी भएको छ । विभिन्न भागमा हुने अलैंची खेती पछिल्लो समय किसानको समृद्धिको सारथी बनिरहेको बेलामा कहिले ह्वात्तै मूल्य बढाएर किसानलाई हौस्याउने र कहिले ह्वात्तै घटाएर हतोत्साहित बनाउने नीतिको कारण उत्पादनमा स्थिरता वा एकरुपता आउन सकेको देखिँदैन । पछिल्लो समयमा उत्पादन राम्रो देखिएको अलैँचीको मूल्यमा निरन्तर गिरावट आइरहेको भएपनि त्यसलाई रोक्ने मेकानिज्म सरकारसँग देखिँदैन । पछिल्लो दुई सातायता अलैँचीको मूल्य निरन्तर घटिरहेको हो । मूल्य घट्ने क्रमसँगै भोजपुर, ताप्लेजुङलगायतका अलैंची उत्पादन हुने पहाडी जिल्लाका किसान चिन्तामा परेका छन् । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अलैँचीको मूल्य प्रतिमन (४० किलो) ९८ हजार रुपियाँमा झरेको छ ।
साधारण अर्थात् चलनचल्तीको अलैँचीको मूल्य प्रतिमन एक लाख १० हजार रुपियाँसम्म पुगेकोमा अहिले मनमा १२ हजार रुपियाँ घटेको छ । एउटा किसानको लागि १२ हजार भनेको १२ लाख हो । त्यो १२ हजार कमाउन किसानले १ वर्ष मेहनत गरेको हुन्छ । फुङ्लिङ बजारका व्यवसायी भद्रबिर रेग्मीका अलैँची नेपाल बाहिर निर्यात हुन नपाएकाले मूल्य घट्न थालेको बताउँछन् । देश बाहिरका व्यापारीबाट अलैँचीको माग हुन छोडेको र नेपाली व्यापारीले थन्क्याएर राख्नु परेकाले मूल्य घट्न थालेको व्यवसायी रेग्मीले बताए । नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारमा भर पर्ने उनको भनाई छ । उनले– नेपाली अलैंचीको गुणस्तरले अन्तर्राष्ट्रिय बजारलाई आकर्षित गर्ने भए पनि सरकारको नीतिका कारणले बजारीकरणमा समस्या आएको र सरकारले पहल नगरिदिएको मूल्यमा उतारचढाव आउने गरेको बताउँछन् । अलैंची लगायत नेपालमा उत्पादन हुने अधिकांश वस्तुको अन्तर्राष्टिूय बजारीकरण, गुणस्तर कायम गर्न सरकार वा सम्बन्धित सरोकारवाला निकायको ध्यान जानु जरुरी देखिन्छ । जसले नेपाली किसानलाई उत्पादनमा उत्साह थपोस् ।