हामी भूमध्यरेखा नजिकै पनि २०८२ साल बैशाख अंतिमतिरको गर्मीमा शितल अनुभूति गर्न तल्लीन थियौं । तिरूपति बालाजीको दर्शन गर्न तिरूपति विमानस्थलमा ओर्लंदा एउटा चकमन्न भूमिमा आयपुगे जस्तो भयो । हामी तयसपछि तिरूपतिस्थित होटल सेभेन इन पुग्यौं । गौशाला नजिकै रहेको पहाडको फेदिको होटल निकै आकर्षक थियो । जता हेरे पनि होटलहरू । जता फर्किए पनि होटलहरू । लाग्थ्यो, यो होटलहरूको सहर हो । एउटा मन्दिरले यति धेरै होटलहरू पालेको !
तिरूपति बालाजीको मन्दिर रहेको माथि पहाडको चुचुरो आस्थाको चुचुरो पनि रहेछ ।
माथि हेर्दा अभैm माथि पुग्थे आँखाहरू । अभैm माथि पुग्थे चेतनाका ज्योतिहरू ।
बेलुका खाना पछि एउटा हल्ला आयो, ‘आजै बेलुका फ्रि रजिष्टे«सन गर्न पाइन्छ रे । त्यसो गर्दा भोलि अपरान्ह चार बजे बालाजीको दर्शन गर्न पाइन्छ ।’
हामी दर्शनका लागि भनेर राति नभनी दर्ता गर्न गयौं ।
मान्छेमाथि मान्छेको सडक ।
बल्ल बल्ल पालो पाएर दर्ता गरियो ।
भोलिपल्ट बिहान खानापछि हामी एउटा गाडीको व्यवस्था गरेर उकालियौं । केही माथि सुरक्षा जाँच रहेछ । प्लास्टीकका बदल र कुकुर लैजान निशेध गरिएको हुँदोरहेछ । हजारौं गाडी लाइनमा सुरक्षा जाँचका लागि लाइनमा छन् । गाडी र मान्छेको लावालस्कर । बाफ रे बाफ ! यति धेरै गाडी मैले मेलवर्नमा देखेको थिएँ । आज बालाजीको मन्दिरतिर जाने बाटामा देखें । यति धेरै गाडी एउटा मन्दिरले पालेको !
अनि मान्छे पनि लाइनमा बसेर विमानस्थलको जस्तो झोला र मान्छेको सुरक्षा जाँच भएपछि अगाडि बढ्न पाइयो । डाँडो सेताम्मे गाडिहरूले । हामी पनि खुसी बाँड्दै डाँडामाथि पुग्यौं । लाखौं गाडिका आवत जावत देखेर मन झसंग भयो ।
अनि तल सम्ममा देखिएको तिरूपति बजार उँभो डाँडामा फर्किएर मुस्कुराइरहेको थियो । के छ र यति सारो धेरै मान्छे आएका ?
गाडिले माथि मन्दिरै मन्दिर भएको समस्थली जस्तो समथर पैmलिएको ठाउँमा छोडिदियो ।
कपाल दान गर्न कपाल मुडुलो बनायौं । र दान ग¥यौं कपालको ।
गज्जप !
कपालको पनि दान ।
एउटा ठूलो हलभित्र कपाल मुण्डन गर्ने सयौं नाइहरू थिए । अनि मान्छेको भीड पनि उत्तिकै । कति धेरै मान्छेले रोजगारी पाएका ! मनमनै तिरूपति बालाजीलाई संभेंm, हामीकहाँ बैकटेस बालाजी भएका भए के हुन्थ्यो ?
कुनै असहज महसुस पनि लागेन, किनभने म संधै आप्mनै देशको मुण्डन भएको हेरिरहेको मान्छे थिएँ । आप्mनै मुण्डन गर्दा किन अन्यथा मान्नु ? म आप्mनै उचाइमा हृास आएको देखिरहेको मान्छे थिएँ । मुण्डनको आयाम पढिरहेको मान्छे ।
त्यसपछि हामी टेम्पो चढेर भक्तजनहरू लाइन लाग्ने स्थानतर्पm लाग्यौं । गौडातर्पm ।
कति धेरै गौडाहरू हउ भित्र प्रवेश गर्ने ? हातमा टिकट बोकेर हामी आप्mनो गौंडाको खोजीमा लाग्यौं । हरेक गौंडामा सेता पहिरनमा खाली खुट्टा भएका पुरूष कर्मचारी र बैजनी रंगका सारी चेलो लगाएका महिलाहरूको लाम देखिन्थ्यो ।
उदेक पनि लाग्यो, कति धेरै मान्छेलाई रोजगारी दिएर पालेको एउटा मन्दिरले ? एउटा गौंडाबाट अर्को गौंडा अर्थात् प्रवेशद्वारमा पुग्न थुप्रै हिंडनु पर्ने, अनि भूमध्यरेखीय चर्का घामले शरीर गलाइरहेको थियो । प्रवेश गर्ने र्गौडा फेला परेपछि हामी भित्र छि¥यौं । त्यति बेला २ बजेको थियो । चप्पलहरूको रासमा चपपल राखेर हामी अघि बढ्यौ १८ नं गौंडाबाट । त्यस्ता अनेकौं गौंडाहरूबाट हजारौं होइन, लाखौं मान्छेहरू लाममा थिए । दैनिक असी हजार मान्छेहरू दर्शन गर्न आउने उक्त मन्दिर मान्छेहरूको सडक थियो । मान्छे माथि मान्छेको सडक ।
हामी एउटा कम्ल्पेक्सबाट छिर्यौं ।
हिंडनु पर्ने बारभत्रि ।
खालिखुट्टा ।
वरिपरि वाल र जाली लगाएको छ, माथि छानो, तल मार्वलको नरम भुईं छ । खालीखुट्टाहरूको शुक्ष्म आवाज भगवान बैंकटेससंग सम्वाद गरिरहेको जस्तो लाग्यो । एउटा ब्लक पार गरेपछि अर्को ब्लक आउँछ । त्यस्ता हरेक ब्लकमा ताल्चा लगाउने र खोल्ने कर्मचारीहरू छन् । हजारौं ती कर्मचारीलाई एउटा मन्दिरले रोजगारी दिएको ।
कति महान ?
अनि हरेक ब्लकमा खाने पानी, शौचालय सबै सुविधा उपलब्ध थिए । मानिसहरू पानी पिउँदै, ट्वाइलेट जाँदै अनि भुईमा थ्याच्च बस्दै पर्खिरहेका हुन्थे हरेक ब्लकमा । भुईंमा बस्ने र सुत्ने मान्छेहरू उतिकै संख्यामा थिए ।
त्यस्तो ब्लकहरू पार गर्दै, मूख्य ब्लकमा पुगियो । त्यहाँ सुरक्षा जाँच मेसिनबाट गरेपछि अर्कौ ब्लकमा पुगिन्थ्यो । त्यहाँ घण्टौं पर्खिएर फेरि अगाडिको ढोका खुलेपछि अर्को ब्लकमा पुगियो । त्यो ब्लकमा चारैतिरबाट प्रवेश गरेका मानिसहरूको संगम हुन्थ्यो । त्यो लामो लाइन पार गरेपछि मूख्य मन्दिरको प्रवेशद्वार पुगिन्थ्यो । अब भने भीडको पराकाष्टा भयो । हरेक ठाउँमा सुरक्षाकर्मी र कर्मचारी तैनाथ देख्दा उदेक लाग्यो ।
हामी मूल मन्दिरको प्रवेशद्वारमा पुग्यौं । यति धेरै मान्छे एकै ठाउँमा पहिलो पटक देख्दा निकै अचम्म लाग्यो । स्वास फेर्न गारो भयो । सुनको मन्दिरमुनि भगवान बैंकटेसको दर्शन गरियो । दर्शन त के, नमस्कार गरियो । कर्मचारीहरू छिटो छिटो बाहरि जानू भनिरहेका थिए । हामी बाहिर गयौं । दान पेटिकामा दान पनि राख्यौं । र निस्किँदै गर्दा लाखौंमान्छेको भीडले पेल्न थाल्यो । उमेरको कारणले पनि हो, सम्धिसाव बिरामी नै हुनुभयो मान्छेले पेलेर । हामी सबै बिरामी जत्तिकै भयौं ।
ती दैनिक आउने लाखौं मान्छेहरूका लागि बहिर सडकमा गाडीका लाइन थिए । यति धेरै मान्छे पाल्ने तिरूपति बाबालाई नमस्ते गरेर हामी तिरूपति बजार झ¥यौं ।