चैत्र– बैसाख सुरू भएपछि यो मन ती दिनहरू देख्न थाल्छ ।
आज त्यही भइरहेको छ ।
आज २३ वर्ष भएछ त्यो उकालो उक्लिएको । त्यो डुंगा तरेको । त्यो कथामा रङ्गिएको तमोर तरेको । धेरैलाई लाग्दो हो, कुरा नयाँ हुनु पर्छ र त्यही लेख्नु पर्छ । तर आज के लागिरहेको छ भने त्यो अतित चाहीं नयाँ विषय हो र मेरो वर्तमान चाहिं पुरानो विषय हो । किनभने यो बर्तमान कुनै सुन्दर इतिहास नबनाई सकिन सक्छ, तर ती दिनले सुन्दर इतिहास बनाएका छन् ।
२०४८ साल चैत्र महिना थियो । चचैत्रको हुरी लिएर आएको थियो त्यो क्षण । चैत्रको सुक्खा लिएर आएको थियो त्यो क्षण । हावामा धुलोका कणैकण लिएर आएको थियो त्यो क्ष्ाँण । फिदिमको रातमाटे डाँडाको रातो धुलो लिएर आएको थियो त्यो क्षण । त्यो रातो रंगले लाग्थ्यो कुनै क्रान्तिको ध्वजा उठाइरहेको छ । कुनै विद्रोह ओकल्दै छ ।
यही धुलोका अवयवहरुमा जीवनको परिभाषा खोज्दै थिंए म त्यसवेला । प्रमाणपत्र तह उतिर्ण गरेको किशोर स्नातक अध्ययन गर्ने चाँजोपाँजो मिलाउदै थियो । सपनाका थप्रै भकारीहरु भण्डार कोठामा सजाएर रोमाञ्चकारी जीवनको प्रपञ्च रच्दै थिएं त्यस बेला म । अनि त्यही अन्न भष्यिका कल्पनाकीभित्र मान्द्रा फिंजाएर तिनै अन्न खाएर ढ्याउ गर्दै थिएं म । अनि त्यो रंगिन दुनियाँभित्र मेरो कलेवर हेर्दै थिएं म ।
त्यो जीजिविषा भित्र मेरो स्नातक अध्ययन गर्ने उत्कण्ठाले पिरोलिएर मित्र दुर्गाराज भ्ट्टराई कहाँ गएं । प्रकृति प्रमी, गम्भीर र विचारशील थिए उनी । उनलाई तर्क र विष्लेषण औधी मन पथ्र्यो । मानवताको रंगमा दुनियाँ कस्तो छ भनेर हेर्ने गर्थे । भ्रमणको कुरा आएपछि मैले आठराई जानु पर्ने कुरा गरें । चुहानडाँडामा स्नातक अध्ययनको लागि बुभ्mन जाने निधो भयो । उनी पनि औधी खुशी भए । चाँजोपाँजो मिलाएर हामी भालिपल्ट विहानै फिदिमबाट चुहानडाँडातिर प्रस्थान ग¥यौं । हामी दुईजना फुट्टा हिड्यौं मानौं हामी कुनै ठूलो पराक्रममा निस्केका छौं । पुख्र्यौली घर त्यतै भएकोले गर्दा उनलाई त कुनै उत्तेजना थिएन क्यार, तर म भने उत्तेजित थिएं किनकि त्यो मेरो पहिलो यात्रा थियो चुहानडाँडाको । म उद्धेलित भएं । उन्मादित भएं ।
हामी हिंडेर ओरालो लाग्यौं । जोरसाल बजारबाट पनि आरालो लाग्यौं । त्यो पारिलो भीरबाट पारीपट्टी देखिने भीर र डाँडाले मन उचालिरहन्थ्यो माथि माथि तर म जाँदैथिएं तलतल ।
उँधो हिंडेर माथि चढनु कति रोमान्चकारी हुन्छ जीवन !
माथि हिंडेर तल भल झर्नु कति रहस्यमय हुन्छ जीवन !
सीधा हिंडेर सिधै पनि नचढनु कति नीरस हुन्छ जीवन !
हिंडेर जीवनको परिभाषा कसरी हुन्छ ? हो, मैलै हिंडन त सीधै हिंडेको हो तर बाटोनै उकालो आएपछि मेरो के लाग्छ ? हिंडनत सीधै हिंडेको हो बाटै घुमाउरो आएपछि मेरो के लाग्छ ? त्यो बाटो हो मान्छे हिंडने । म कति हिंँडे होला जीवनभरी । तर म कहाँ पुगें ?
कतै पनि पुगिनँ ।
हिंडेको हिड्यै गरेर पनि जहाँको तहीं !
तर पनि हिंड्न पाउँदा उत्तेजित हुन्थें ।
सांगुरो बाटो, जंगल र भीरबाट माझीटार तर्फ ओर्लंदै गर्दा बाटामा भेटिएका ढाक्रेहरुको साहसिकता देख्दा तिनलाई सलोट गर्न मन लाग्यो । ती बडेमानका भारी बोकेर पिठ्यूँमा बोकेर आठराइ जाँदै थिए । भोली फेरी त्यही बाटो ती पसिनाका धारा पुस्दै फर्किरहेका हुनेछन् ।
मलाई ग्लानी भयो तिनलाई देखेर ।
म रित्तो हिंडिरहेको छु र पनि थकित छु ।
ती भारी बोकिरहेका छन् र पनि ती थकित छैनन् ।
त्यो रातो र सेतो माटोको धुलोले रंगिएको बाटो तिनका पसिनाले सिंचिरहेको थियो । ती पसिनासंग खून साटदैथिए । खूनसंग सपना साटदैथिए । सपनासंग जीवन साटदै थिए । जीवनसंग ह्दय साटेर ती अनवरत थिए यात्रामा । मैले सोचें(मेरो यात्रा पनि सपनासंग जीवन साटने थियो । पढेर, योगयता हासिल गरेर जीवनको गर्जो टार्ने सपनामा लीन थियो त्यो यात्रा मेरो । योग्यतालाई तराजुमा जोखेर स्वास फेर्ने निःसृतताभित्र बाँचेको म र पसिनालाई तराजुमा जोखेर स्वास फेर्ने निःसतृताभित्र बाँचेका तिनीहरुबिचको अन्तरले म निशब्द भएं ।
माझीटारको सम्म टार । पर्तिर बगेको तमोरले एका विहानै हिमालबाट तिनका सपना बगाएर लिएर आउँथ्यो ।
अनि साँझ नपर्दै तिनका सपना तमोरले बगाएर लैजान्थ्यो ।
त्यो सपना गएर ल्याउने अस्त्र थियो । त्यो सपना बगाएर लैजाने ढोडको तक्मा थियो । भरोसाविहिन् ।
आकास जस्तै निलो र अनन्ततामा तिनका सपना अंकुरिन्थे । दिनभरीको कमाइले जीवनका कुनै कोलाज नबनेकाहरु पानीको भयाभह चरित्रसंग लडाईं गर्दै बाँचेका ती आयरीश नाटककार सिंजको पात्र ‘मौर्या’ मा थुप्रै भूमिका निभाइसकेर पनि खुशी थिए । मौर्या पनि माझी परिवारकी आमा थिइन् । समुद्रले तिनका छ भाई छोरा र श्रीमानलाई खाएको थियो । तर पनि मौर्या शान्त र धैर्य थिइन् । त्यही समुद्रले जीवन दिन्थ्यो सबको ।अनि त्यही समुद्रले जीवनका सारा खुशी चुंडेर लग्थ्यो ।
तमोरले एउटा नानी हिजै मात्र बगाएको गानगुन थियो त्यहाँ । एउटी महिला त्यसो भन्दै थिइन् । मैले सोचें ती मौर्याको बिम्बमा बिराजमान थिइन् ।
डुंगा तरेर पारिपट्टीको उकालो चढन थाल्यौं । रुखहरुले भरिएको त्यो उकालो उजाड थियो । त्यो हरियाली भित्रको उजाडता थियो । हरियाली भित्रको विभत्सता थियो ।
रुख थिए पानी थिएन ।
रुख थिए शितल थिएन । त्यो जीवनको बिम्ब थिएछ मैले बुझ्न नसकेको । त्यो उकालो मलाई भन्दै थियो – आज जीवनका हरेक अवयवहरु यसरीनै चलेका छन् । हो रहेछ । पत्याएं ।
दलहरु छन्, लोकतन्त्र छैन ।
सरकार छ, शासन छैन ।
मान्छे छन् ,मान्छेको झण्डा छैन ।
पार्टीका झण्डा छन् ,देशको झण्डा छैन ।
राष्ट्रवादीहरु देशको ‘डी. भी.’ भरेर मुस्कुराउँदैछन् ।
यो विपरित अनुक्रमनको नियमले यो सारा दुनियाँ निलेको बेला त्यो चुहानडाँडाको उकालोले बोकेको बिम्बमा म अहिले मेरो दुनिया हेर्दैछु । सही रहेछ ।
जंगल काटेर माथि बस्तीमा पुग्दा ठूलो युद्ध जितेको जस्तो फोस्रो विभवता जन्मियो । भोक पनि लागेछ । चुहानडाँडा नपुगी केही खाने कुरा पनि सोचिएन । माग्ने हिम्मत पनि आएन । पानी खायौं र हिड्यौं । खानेकुराको प्रसंग उठ्यो । दुर्गाले धु्रबचन्द्र गौतमको निमित्त नायक उपन्यासको एउटा वाक्य बोले । त्यसले भाउन्न खेलायो । एउटा भोक लागेको मान्छेले रुखमा दाडीमका दाना लटरम्म देखेर टिप्ने मनसाय राख्यो । अर्कोले झपार्दै भन्यो, ‘ए, ती त मान्छेका हुन्’ ।
सम्झें, आज जे कुरा मान्छेसंग छन् ती मान्न्छेका लागि होइनन् ।
मान्छेसंग भएको चिज मान्छेलाई होइन रहेछ ।
बाँकी अर्को अंकमा………….