देश–समाज राजनीति लेख स्थानीय

लोकतन्त्रको अभ्यास र जनताको सामथ्र्य

विश्वमा लोकतन्त्र एउटा नयाँ राजनीतिक प्रणालीको रुपमा विकसित हुँदै गई रहेको छ । लोकतन्त्रको शीतल छहारी मुनि सबै वादहरु, सबै विचार र दर्शनहरु तथा सबै किसिमका राजनैतिक समस्टिवादले स्थान पाई रहँदा लोकतन्त्रका जराहरु गाडिएको धर्तीको माटो भू स्वर्ग बन्ने र जनताका अधिकार तथा सम्मानहरुले प्राथमिकता पाउँदै विकाश र सुशासन स्वतः स्फूर्त रुपमा अघि बढ्दै जाने कुरालाई सुनिश्वित गरिएको हुन्छ । आधुनिक समयमा लोकतन्त्रले दुनियाँका सबै जसो देशहरुलाई स्वर्गको बगैँचा बनाउन सक्ने भगीरथ प्रयत्नको परिणाम स्वरूप एउटा नयाँ विकल्पको रुपमा दुनियाँको अगाडि देखा परेको छ । आज संसार नयाँ किसिमाबाट परिभाषित हुँदै छ । धार्मिक लोकतन्त्र, बहुधार्मीक लोकतन्त्र, साम्यवादी लोकतन्त्र, बहुलवादी लोकतन्त्र, समावेशी लोकतन्त्र, समाजवादी लोकतन्त्र इत्यादी जस्ता लोकतन्त्रका अवधारणाहरुले संसार भरि नयाँ उचाईमा पुग्ने क्षमता हासिल गर्दै लगिरहेको छ । आधुनिक लोकतन्त्रले मुलुकमा शान्ति, सुशासन र विकाशलाई संग संङै अगाडि बढाउँदै देशका मूल्य मान्यता, प्रचलनहरु, परम्पराहरु, कानूनहरु तथा मानिस मानिस बीचको सम्बन्धको अभ्यासलाई विकाशको नौलो आयामको रुपमा परिभाषित गर्न खोजि रहेका छन् ।
संसारमा सूचना र सञ्चार प्रणालीमा दुरगामी परिवर्तन आएको हुनाले देश देश बीचको दूरी घट्दै छ । टाढापन हराउँदै छ । विवाह प्रणाली नयाँ ढंङले आफूलाई परिमार्जित गर्दैछ । समलींगि विवाह, विवाहहेतर सम्बन्ध, डेटिंग, लीविङ टुगेदर जस्ता नयाँ सामाजिक विवाह प्रणालीले गर्दा लैंगिकताको दृष्टिकोण पनि हराउँदै छ । गाउँ र शहर बीचको फाटो घट्दै छ । यी र यस्ता कुराहरु लोकतन्त्रको नयाँ आयामको रुपमा विशिस्टता पाउँदै छ । पहिचान विहिनहरुले पहिचान पाउनु र हेपिएकाहरुले नागरिक अधिकार तथा सम्मान पाउनु जस्ता कार्यहरुले गर्दा वाञ्चितिकरणमा गर्ने वर्गहरुको लागि नयाँ आशा र उमंगको उल्लास पैदा भई रहेको छ । यी र यस्ता खाले अनेकौँ खुट्किलाहरुले लोकतन्त्रलाई संस्थागत गर्दै जाने कुराहरुमा ढुक्क हुन सक्ने प्रशस्त सम्भावनाहरु रहेका छन् । लोकतन्त्रले निहित स्वार्थमा आधारित रहेको राजनीतिक, आर्थिक, वैचारिक र सामाजिक सम्बन्धहरु टुट्दै जाने र फुट्दै जाने तथा लोकतान्त्रिक विधि र प्रक्रिया भित्र समावेष्ट हुँदै जाने कुरालाई स्विकार गर्दैछ । लोकतन्त्रले नयाँ लोकतान्त्रिक परिपाटी र विधि अनुसार नागरिकहरुका जनजिविकाका विविधि पक्षहरु बारे खुलस्त रुपमा बहस र प्रतिक्रियालाई स्विकार गर्दछ । नयाँ नयाँ वैज्ञानिक शिक्षा प्रणालीले लोकतन्त्र र चेतनाको स्तरलाई दिन प्रतिदिन माथि उठाउँदै लगि रहेको छ । लोकतन्त्रले एउटा कालखण्डमा देश भित्रका सबै विकृति र विसंगतिलाई निस्तेज पार्न न सके पनि ढीलो चाँडो, सबै क्षेत्रलाई विकाशको नयाँ उचाईमा पुर्याउने हिम्मत र हौसला राख्दछ । असल बा खराब नेताहरुले आफु आफु मै जति सुकै तं तँ र म म गर्दा पनि जनता चाहिँ कसैको पनि लहै लहैमा न लाग्ने कुरा निश्चित भएकोले श्रीखण्ड रुपी लोकतन्त्र र संघीयतालाई खुर्पाको बींड रुपी राजतन्त्रलाईको विकल्पको रुपमा कहिल्यै पनि स्थापित गर्ने सक्दैन । देश र लोकतन्त्रलाई बन्धकी बनाएर कसैले पनि देश हितको कुरा सोच्न सक्दैन । युवा वर्गलाई देशको पुरै रिति थिति र इतिहास थाहा न भए पनि राजाहरु तथा राणा शासकहरुके गरेका कर्तुतहरुको पूरै लेखा जोखा गरि राखेका छन् । देशका जनताहरुको जनजिब्रोमा रहेका देशघाती नेता, राजनेता, कर्मचारी वा राष्टूसेवकहरु लगायतका व्यक्तिहरुलाई कहिल्यै पनि विश्वास गर्न सक्दैनन् । देशका जनताले कस्ता कस्ता उपद्रयाहा शासकहरुको नृशंस ताण्डव लीला भोगेको छन् , भनि सक्नु साध्य छैन । संसार अहिले बीटा जेनेरेशनमा पुगि सकेको छ । पुरानो पुस्ता आफैँ आउट अफ डेट बन्दै छन् । नयाँ पुश्तालाई सिर ठाडो पारेर हिँड्ने आकाश चाहिएको छ । लोकतन्त्रले नै त्यो कुरा दिन सक्छ जुन कुरा जनताको अधिकार भित्र पर्दछन् ।
आज देशको आर्थिक, सामाजिक, शौक्षिक अवस्थाहरु निरन्तर सुधारोन्मुख छ । वैदेशिक रोजगारीमा गएका लाखौँ लाख नेपालीहरुले नेपालमा लोकतन्त्र फस्टाई राखेको हेर्न चाहेका छन् । देशमा आवधिक निर्वाचन समय समयमा सम्पन्न भई रहेका छन् । प्रदेशहरुका सरकारहरुले आआफ्नो प्रादेशिक सरकारहरुलाई निरन्तरता दिई रहेका छन् । स्थानीय जल्दा बल्दा समस्याहरुलाई समाधान गर्ने प्रयासमा अहोरात्र खटि रहेका छन् । ‘दीगो विकाशका संयत्रहरु सक्रिय रुपमा गतिशील भई रहेको छ । संसदीय राजनीतिक प्रणालीले विश्वको उत्कृष्ट शासन प्रणालीको अनूभूति गराई रहेको छ । सानाठूला राजनीतिक दलहरु निरन्तर रुपमा जनजागरण अभियानहरु चलाई रहेका छन् । कुनै पनि अर्थ व्यवस्थामा लोकतन्त्रलाई सौन्दर्यीकरण गर्ने हो भने देशका ‘जनता’ लाई कुनै पनि अवस्थामा होच्याएर मूल्यांकन गर्ने सुहाउँदैन । नेपालका भूतपूर्व राजाहरुले लागउने श्रीपेँच अहिले नारायणहिटी संग्राहालयमा राखिएको छ । अब नारायणहिटी राजदरवार कुनै पनि कथित राजाहरुको विरासत भित्र पर्दैन । जनताले धूलो चटाई सकेको राजतन्त्र फर्काउन सक्ने भ्रमबाट बने खुचेका सामन्तहरुले छुटकारा पाउनु जरुरी छ ।
लोकतान्त्रिक शक्तिहरुलाई कमजोर बनाएर बंगलादेशमा तख्ता पलट गराएको कुरा धेरै पुरानो भइसकेको छैन । बांगलादेशका कट्टर इस्लामिक समुहहरुले आफ्नो देश भित्र धार्मिक र साम्प्रदायिक हिंसाको महाताण्डव मच्चाई रहेका छन् । मानव अधिकार र अल्प संख्यक धार्मिक समूहहरुको अधिकारलाई निरन्तर रुपमा दबाउने प्रयास भई रहेको छ । पाकिस्तान र अफ्गानिस्तान पनि धेरै जसो क्षेत्रमा लोकतान्त्रिक अभ्यासबाट टाढा भई सकेको छ । त्याहाँ कै देखासिकी गरेर पनि नेपाललाई अस्थिर बनाउनु हुँदैन भन्ने कुरामा देशका जनता धेरै नै सचेत भई सकेका छन् । भारतमा आज पनि हिन्दु राष्टू छैन् । हिजो पनि हिन्दु राष्टू थिएन । भोली पनि हिन्दु राष्टू हुने वाला छैन । तर पनि भारतीय प्रधानमन्त्रीले हरेक जसो आफ्ना कार्यक्रमहरुमा जय श्री रामको नारा लगाउँछन् , भारतको संविधान दिगो छ, अटल छ र सरकार कुनै कुरामा भ्रमित पनि छैन । भारतमा लगातार स्थिर सरकार छ र सुशासन तर्फ देश लम्कि रहेको छ । भारत सरकारका संवैधानिक अंङहरु सकारात्मक दिशामा जनताको पक्षमा कार्य गरि रहेका छन् । यस्तो लोकतन्त्रलाई दुनियाले अनुकरण गर्नु देशको लागि लाभदायक नै हुन्छ । भीड तन्त्र जुटाएर लोकतन्त्रलाई अफाफ भयो भनेर देखाउने षड्यन्त्रलाई जनताले आफ्नो सुझबुझबाट मथ्थर पार्नु पनि आवश्यक हुन्छ । नेपाली जनता नेपालका नेताहरुकै मुख हेरेर उनको पछि पछि लागेका छन् । केही गर्ला र खाउँला भनेर हजारौँ कार्यकर्ता उनीहरुका झोले र दास पनि भएका छन् । देशको संसदमा छ सय भन्दा बढी जनप्रतिनिधिहरु संसद भित्र गएर बस्दैमा लोकतन्त्र सफल हुन्छ वा हुदैन भन्ने कुरामा दिमाग खियाउनु भन्दा जनताको बीच गएर लोकतन्त्रिक अभ्यासहरुमा कहाँ के कमी छ ? भन्ने कुरोमा बुझ्नु बढी जरुरी छ । जनताको असन्तुष्टि र जन जनहीतको उपेक्षाको परिपेक्ष्यमा देश भित्र न्याय खोज्ने समुदायहरुले कहिले सम्म आफैँले रोहेको राजनीतिक व्यवाथा प्रति सवाल न उठाउलान् भन्ने पनि निश्चित छैन् । देशका पुरानो पुश्ताको राजनैतिक नेतृत्वहरुले देशलाई आधुनिकीकरण तिर पुर्याउल्न भन्ने कुरामा धेरैलाई शंका लाग्नु अस्वभाविक होइन । यस्तो अवस्थामा कम्तीमा पनि एक सय वर्षसम्म देशलाई लोकतन्त्रको कसीमा कस्नु जरुरी छ । जनताका साझा सवाल र जायज मुद्दाहरुमा जहाँ पनि टकराव हुन्छ । देशलाई सत्य कुरा दिन न सक्ने र जनता प्रति न्याय गर्न न सक्ने शासकहरुले बेलैमा आत्म(मुल्यांकन गर्नु जरुरी छ ।
सरकार भरपर्दो भएन भने, सुशासन दिन सकेन भने, टिकाउ भएन भने त्यस्तो लर्तारो र अपारदर्शी सरकारलाई जनताले फिर्ता बोलाउनु पनि जरुरी हुन्छ । अनि मात्र देशको संघीयता प्रति विषवमन गर्ने र विरोध गर्नेहरुलाई लाखा पाखा लगाउन सकिन्छ ।

Author

You may also like