३१ साउन, दमक । पापोहाङ आङदेम्बे सामाजिक कल्याण समिति झापाले बुधबार दमकमा आफना ज्येष्ठ सदस्य सिंहराज लिम्बू आङदेम्बेलाई सम्मान गरेको छ ।
दमक १ निवासी ९७ बर्षिय उनलाई दमकमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको हो । ४८ पुस्ताका अग्रज व्यक्तित्व उनलाई पापोहाङ आङदेम्बेकै इतिहास पुरुषका रुपमा सम्मान प्रदान गरिएको संस्थाका सदस्य प्रेमकुमार आङदेम्बेले बताए ।
उनलाई दोसल्ला ,सम्मानपत्रद्धारा सुस्वास्थ्य,दिर्घायुसहितको कामनाका साथ सम्मानित गरिएको उनले बताएका छन् ।
पाँचथरको साविक सराङडाडा गाविस हाल मिक्लाजुङ गाउँपालिका १ मा विस १९८४ साल चत २० गते जन्मिएका उनी लामोसमयदेखि दमक १ मा स्थायी बसोबास गरिआएका छन् ।
संस्थाका अध्यक्ष सन्तविर आङदेम्बेको अध्यक्षता तथा किरात याक्थुङ चुम्लुङ झापाका पूर्व अध्यक्ष टेकबहादुर आङदेम्बेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आङदेम्बे समुदायका अगुवा तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।