मुख्य

१८ जनाको मृत्यु भएको पुष्टि

९ साउन, दमक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान भएको सौर्य एयरलाइन्सको दुर्घटनामा परी कोपाइलट एस कटुवालसहित १८ जनाको मृत्यु भएको छ। विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीका अनुसार जहाजमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको हो।मृतक सबैको शव शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । चालक मनिष शाक्यको भने सकुशल उद्धार गरिएको छ। उनको केएमसी अस्पताल सिनाम‌ंगलमा उपचार भइरहेको छ । उनको अवस्था बोल्न सक्ने रहेको छ भने आँखामा चोट लागेको छ । उद्धारको लागि दमकल, सुरक्षाकर्मीहरु, एम्बुलेन्स खटिएको प्रहरीले जनाएको छ ।
मर्मतका लागि पोखरा उड्ने क्रममा त्रिभुवन विमानस्थलमै दुर्घटनाग्रस्त जहाजमा कम्पनीकै अधिकांश कर्मचारी रहेको पाइएको छ । सौर्य एयरलाइन्सका अनुसार विमानमा कम्पनीकै १७ जना कर्मचारी सवार थिए। १७ जनामध्ये अरेफ रेडा नामका एक कर्मचारी भने विदेशी छन्।
कम्पनीका अनुसार दुर्घटनाग्रस्त विमानमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मञ्जुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा कर्मचारीहरु सवार रहेका थिए।

Author

You may also like