लेख विचार/वहस

ग्रामीण विकाशमा सचेतनाको खाँचो

ग्रामीण विकासको लागि सचेतना गराउने कार्य अल्पविकसित देशहरुको सन्दर्भमा अपरिहार्य मानिन्छ । देशको आर्थिक विकासका बाधक तत्वहरु र अवरोधहरु विरुद्ध जनचासो अभिवृद्धि गराएर जनसहभागितामूलक सकारात्मक जनअभिमत तयार पारी मुलुकको चौतर्फी विकासलाई उत्प्रेरित गराउन सकिन्छ । संविधानको संरक्षणसंगैे प्रचलित कानुनहरुको सफल कार्यान्वयन गराउन तथा विधिको शासन र सामाजिक न्यायको पक्षमा उभिएर जनतालाई पहिला (पीपल द फस्र्ट ) गरिबलाइ पहिला (पुअर द फस्र्ट) र तलदेखि माथिसम्म (बटम अप ) जाने विकास अवधारणामा आधारित अग्रगामी, प्रगतिशील, समावेशी र सम्पूर्ण स्थानीय जनसमुदायको आर्थिक सांस्कृतिक उन्नयन गराउने कार्यमा जनताले ज्ञान लिनु आवश्यक छ ।

स्थानीय जनताहरुको समग्र आर्थिक, भौतिक, सामाजिक र सांस्कृतिक उत्कृष्टताहरुलाई उत्प्रेरित गराई राष्ट निर्माणमा लगाउन वातावरण संरक्षण, सामाजिक स्वच्छता र सरसफाई, शिक्षा, स्वास्थ्य, उद्यमशीलता, जीवनस्तर, आयस्तर, मानवअधिकार, सामाजिक सदभाव, समावेशिता र राष्ट्रिय एकता लगायतका पक्षहरुलाई बहुआयामिक रुपले समेट्दै जनतालाइ आर्थिक समृद्धिको बाटोतिर उन्मुख गराउदेंै गरिब, विपन्न, सीमान्तकृत, वंचितिकरण, विभेद र शोषणमा परेका तथा पारिएका महिला, पुरुष, बालबालिका, युवा, वृद्ध लगायत समाजका सम्पूर्ण जात जाति तथा वर्ग र क्षेत्रका जनसमुदायलाइ सशक्तीकरण गरी सबल तुल्याउन आत्मनिर्भर र स्वाभिमानी नागरिक समाजको रुपमा रुपान्तरण गर्ने अठोटकासाथ ग्रामीण विकास सम्बन्धी सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी गुणस्तरीय जीवन भएको मानव विकासका लक्ष्यहरुलाई हासिल गर्न सघाउने अभियानमा लाग्ने कार्यमा तीव्रता दिनकालागि ग्रामीण विकासमा सचेतनालाई आवश्यक मान्न सकिन्छ । ग्रामीण विकासका उद्धेश्यहरुलाई पुरा गर्नकालागि जनचेतना विस्तार निम्नलिखित कार्यक्रमहरु संञ्चालन गरेर गर्न सकिन्छ ।

(१) दीगो ग्रामीण विकासकालागि संभाव्यताहरुको खोजी गर्न अनुसन्धानमूलक कार्यक्रमहरु गर्ने तथा जनचेतनाको मार्फत प्राकृतिक श्रोत र साधनहरुको संरक्षण गर्नकालागि कार्यक्रमहरु गर्ने ।

(२) समाजमा महिलाहरुको अवस्थामा सुधार ल्याउन पहल गर्ने तथा सामाजिक जनचेतना बृद्धि गरी महिला प्रजनन स्वास्थ्य, महिला हिंसा, लैगिक विभेद, रोजगारी लगायतका समस्याहरलाई समाधान गर्नकालागि सीपमूलक प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने ।

(३) समाजका सदस्यहरुभित्र लुकेर रहेको प्रतिभा र क्षमतालाई प्रस्फुटन गराइ संसारको अगाडि ल्याउन कार्यक्रमहरु सञ्चालन गर्ने ।

(४) समाजमा सयौं वर्षदेखि दबिएर, कुँजिएर बसेको सामाजिक विभेदका कारक तत्वहरुलाई व्यवस्थापन गराउन सामाजिक आन्दोनका विभिन्न पक्षधरहरुबीच अन्तरक्रिया र सचेतना कार्यक्रम गर्ने ।

(५) विश्वप्रसिद्ध व्यक्तित्वहरु र राष्ट्रिय विभूतिहरुको विचार र जीवन दर्शनबारे प्रचार प्रसार गर्ने कार्यशाला गोष्ठीहरुको आयोजना गर्ने ।

(६) देशबाट अत्यधिक मात्रामा भइरहेको प्र्तिभा पलायनलाई व्यवस्थित बनाउन र नियन्त्रण गर्न देशका गुणस्तरीय श्रमशक्तिलाई देशभित्रै उपयोग गर्न जनचेतनामूलक अभिमुखीकरण कार्यक्रमहरु गर्नेृ ।

(७) अन्तराष्ट्रिय सूचना प्रणालीको विद्युतीय सञ्जालहरुबाट हुनसक्ने फाइदाहरु र बेफाइदाहरुबारे प्रचार प्रसार गर्न सचेतनामूलक कार्यक्रमहरु गर्ने ।

(८) जनताको परिवर्तनको चाहना अनुसार गणतन्त्र, लोकतन्त्र, समाजवाद, साम्यवाद, पूंजीवाद, हिन्दुराष्ट्र, धर्मनिरपेक्षता, उदारवादी अर्थव्यवस्था आदि ज्वलन्त घटना परिघटनाहरुबारे विचारोत्तेजक बौद्धिक बहस र छलफल गर्ने ।

(९) लंैंिगक समानता र महिला शसक्तीकरणकालागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने।

(१०ं ) नागरिक समाजको भूमिका र दायित्वहरुबारेमा सचेतनामूलक विचार गोष्ठीहरुको आयोजना गर्ने ।

(११) सुशासन, सामाजिक न्याय र मानव अधिकारको रक्षा गर्नकालागि जनचेतनामूलक कार्यक्रम गर्ने ।

(१२) घरेलू र स्थानीय उद्योगहरुको संरक्षण, स्थानीय र परम्परागत सीप, कुशलता, चित्रकला, पेन्टिङ ,मूर्तिकला, काष्ठकला, आभूषण निर्माण कला आदिको संरक्षण गर्नकालागि कार्यक्रमहरुको आयोजना गर्ने ।

(१३) वन जंगल, सिमसार क्षेत्र, चुरे संरक्षण, वन्यजन्तुको संरक्षण गर्ने सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरु गर्ने ।

(१४) ज्येष्ठ नागरिकहरुलाइ सम्मान गर्ने र उनीहरुलाई विभेदरहित जीवन बांच्ने अधिकार बारे सचेतनामूलक कार्यक्रमहरुको आयोजना गर्ने ।

(१५) सफा घर आंगन, खुला दिसामुक्त क्षेत्र बनाउन अन्तरक्रिया र जनचेतनामूलक कार्यक्रम गर्ने ।

(१६) समाजमा व्याप्त रहेका कुप्रथाहरुलाई उन्मूलन र बन्देज गराउनकालागि जनचेतनामूलक कार्यक्रमहरु गर्ने ।

(१७ं) पानीका मुहानहरुको संरक्षण गर्ने र सफा पानी माथि जनताको अधिकार स्थापित गर्ने बारे जनचेतनामूलक कार्यक्रम गर्ने ।

(१८) ग्रामीण उद्यमशीलतालाई प्रोत्साहन गर्न ग्रामीण शहरी बजारीकरणको विस्तार गर्ने सम्बन्धमा अन्तक्र्रिया, छलफल तथा गोष्ठीहरु गर्ने ।

(१९) हिमाल, पहाड र मधेस तराइका भाषा, संंस्कृति, कला आदिको ंसंरक्षण र संवद्र्धन गर्न चेतनामूलक कार्यक्रमहरु गर्ने ।

(२०) सामाजिक सद्भाव र राष्ट्रिय एकता बढाउन पदयात्रा, शान्तियात्रा, कलशयात्रा, शोभायात्रा, विजय यात्रा आदि कार्यक्रमहरुमा सहभागिता जनाउन कार्यक्रमहरु गर्ने ।

(२१) बाढी, पैरो, आगलागी, भोकमरी, महामारी जस्ता प्राकृतिक र दैवी संकटहरु उत्पन्न हुुने अवस्थामा उद्धार र राहत सहयोगकालागि कार्यक्रमहरु गर्ने ।

(२२) सामाजिक परिवर्तन र रुपान्तरणकालागि समाजका सदस्यहरुलाई दक्ष र निपूर्ण बनाउन प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने ।

(२३) जलवायु परिवर्तन र वातावरण विनाशबाट हुनसक्ने खतरालाई न्यून पार्न जनचेतनामूलक कार्यक्रम गर्ने ।

(२४) मन्दिर, मस्जिद, चर्च, गुम्बा आदि विविध धर्मावलम्बीहरुबीच सहकार्य गर्न उत्पे्ररित गराउने ।

(२५) नश्लवाद, भ्रष्टाचार, जातिवाद, आदि जस्ता समाजलाई नकारात्मक प्रभाव पार्ने कुराहरुलाई नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रमहरु गर्ने ।

(२६) सामाजिक संघ संस्थाहरु, सहकारी संस्थाहरु, राजनैतिक दल तथा समाजका अगुवा संस्थाहरुलाई सहयोग पुर्याउनकालागि अनुरोध गर्ने ।

(२७) जनचेतनामूलक कार्यक्रमको माध्यमबाट मानव जीवनका चार वटा पुरुषार्थ ः अर्थ, धर्म,काम, मोक्ष प्राप्तिकालागि उत्पे्ररित गराउन कार्यबmमहरु गर्ने ।

(२८) स्वच्छ गाँउ र स्वच्छ शहर बनाउनका लागि जनचेतनामूलक कार्यक्रम गर्ने ।

(२९) कृषि क्षेत्रका साथै ओद्योगिक उत्पादन बृद्धि गर्न प्रोत्साहन गर्ने ।

(३०) ग्रामीण विकास सम्बन्धी तालिम र प्रशिक्षण गर्न कार्यक्रमहरु सञ्चालन गर्ने ।

गरिब र विपन्न देशहरुले भोग्ने गरेका समस्याहरु तथा दुःखमा बाँचिरहने व्यक्ति र परिवारका गांस बास र कपास तथा शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका दैनिक उपभोगका सामानहरुमा अभाव हुन्छ । अभावै अभावले जेलिएको समाजमा उद्यमी, साहसी तथा शिक्षित र इमान्दार व्यक्तिहरुको खाँचो हुन्छ । मानवीय प्रयत्नबिना विकास संभव छैन । तसर्थ विकासकालागि कठिन श्रम र संघर्षको आवश्यकता हुन्छ । नेपाल जस्ता भाग्यको भरमा बाँच्ने देशहरुमा शिक्षित र योग्य श्रमशक्ति विदेशिनु पर्दा अदक्ष र अर्धशिक्षित श्रमशक्तिबाट देशको विकास हुन सक्दैेन । यस सन्दर्भमा प्रसिद्ध विकास अर्थशास्त्री सिंगरको विचारलाइ मनन गर्न सकिन्छ । सिंगरको विचारमा शान्तिको समुद्रमा विकासका हजारौं फूलहरु फुल्न सक्तछन्, तर एउटा फक्रिन लागेको फूलले उचित मलजल पाएन भने ओइलाएर सुकेर मर्न सक्दछ । नेपाल पनि यस्तै अवस्थामा रहेको छ । तसर्थ देशको अर्थतन्त्र जोगाउन समाजमा जनचेतना फैलाउनु आवश्यक हुन्छ ।

Author

You may also like