संसार किन युद्धमा होमिने गरेको छ भन्ने सम्बन्धमा देश, काल, परिस्थिति र भूगोल र मानवीय अवस्थाहरुको आधारमा फरक फरक दृष्टिकोणहरुको आंकलन गर्न सकिन्छ । विश्वको तरल र परिवर्तनशील राजनीतिक उत्थान र पतनका घटना चक्रहरु सक्रिय रहेको कारणले गर्दा विश्वको शान्ति र सुव्यवस्थालाई सन्तुलनमा ल्याउनको लागि किसिम–किसिमबाट साम, दाम, दण्ड र भेदको निति अख्तियार गरेको कारणले विश्वमा चलायमान रहेका जीवन चक्रहरुलाई निव्रिघ्न र स्वतन्त्रताकासाथ हलचलसम्म गर्न नदिने शक्ति सिद्धान्तको राजनीतिले विश्वमा सबल राष्ट्रहरुले निर्बल देखिएका राष्ट्रहरुलाई आप्mनो अधिनमा राखेर त्यसलाई उपनिवेश बनाएर राख्ने र त्यहाँका जनाताको आफुखुशी शोषण गर्दै राज्यसत्तालाई निरन्तरता दिई रहने जस्ता कार्यहरुले गर्दा शक्ति सिद्धान्तलाई मानवजातिको लागि पूर्ण स्वतन्त्रता दिने गरी प्रयोग गरेको कहीँ पनि देखिएको छैन ।
आज संसार महायुद्धको कालचक्र भित्र फसेको छ । दुनियाँका कुनैपनि देश आज सैन्यशक्तिको आधारमा पूर्ण सुरक्षित मानिएको छैन । दक्षिण एसियाली देशहरु वेलायती उपनिवेशबाट छुट्टिएका अधिकांश देशहरु हुन् । नेपालमा ब्रिटिश शासकहरुले अधिपत्य जमाउन नसके पनि बेलायती शासकहरुको भक्तिभाव गर्ने र उनीहरुको अधिनस्थ राष्ट्रको रुपमा रही आप्mनो भूमिका निर्वाह गरेको कारणले गर्दा नै नेपालको माटोमा रज–गज गर्न सकेको हो । वेलायती सरकार भारतमा प्रभावशाली रहदाँसम्म नेपालको विदेश निति, अन्तराष्ट्रिय सिमानाहरु देशको बाह् सुरक्षा लगायतका कुराहरुमा बेलायती शासकहरुको वर्चस्व कायम रहेको थियो । बेलायती शासकहरुले आप्mनो प्रभावबाट यस क्षेत्रमा शान्ति स्थापना र विकासकालागि निर्णायक भूमिका खेलेका थिए । ब्रिटिश सरकारले नै भारत र चीनबीचको सीमा निर्धारण गर्दा अंग्रेज सीमाविद म्याकमोहनलाई खटाएका थिए । जुन कारणले गर्दा भारत र चीनबीचको सीमानालाई म्याकमोहन सीमा रेखा भनी नामाकरण गरिएको थियो । म्याकमोहनले नै हिमालय पर्वत श्रृखंलाको उत्तरी मोहरासँग जोडिएर रहेको भूमिलाई मात्र चीनको भूभाग भनी छुट्टाईदिएको थियो । तर भारतबाट अंग्रेज सरकार लखेटिएपछि सन् १९५९ को समयमा चीनले नेपाल र चीनसँग जोडिएर रहेको सीमारेखा जसलाई म्याकमोहन लाइन भनेर भनिथ्यो त्यसलाई नमानेपछि र चीनबीचको नयाँ सीमारेखाको निर्धारण गरिएको थियो । नयाँ सीमारेखा निर्धारण गर्दा नेपाल चीनको दवावमा परेको थियो जुन कारणले गर्दा हाम्रो हिमाल अर्थात सगरमाथाको उत्तरी मोहरा माथि चीनको अधिकार स्थापितलाई नेपालको भनेर भन्ने गर्दछौँ । त्यसै सगरमाथालाई चीनले ‘चोमलोगं’ भनेर हाम्रो सर्वोच्च पहाडको माथिल्लो टुप्पो को उत्तरुी भूभाग हो भनेर भन्ने गरेको छ, जसलाई नेपालले हस्ताक्षर गरेपछि स्वीकार पनि गरिसकेको छ । यसरी नेपालले सनातनकालदेखिको परम्परा अनुसार मानिदैँ आएको म्याकमोहन लाईनलाई चीनको अडानपछि छोडिसकेको छ । नेपाल र चीनबीचको सीमा विवादलाई नेपालले समाधान गरेपछि चीनको भूभाग हो भनी भन्दै आएको छ । म्याकमोहन सीमारेखालाई न मान्ने र भारतीय क्षेत्राधिकारभित्र पर्ने भूभाग माथि आप्mनो कब्जा स्थापित गर्नका लागि भारत र चीनबीच सन १९६२ मा ठूलो सीमा युद्ध पनि भइसकेको छ, जसमा चीनले भारतको ठूलो भूभागमाथि कब्जा जमाउन सफल भइसकेको छ ।
हिमालयको दक्षिणी सीमाना पारिका मुलुकहरुमा चीनले ठूलो प्रभाव जमाउदै रहेको अवस्था छ । चीनले भारतको ठूलो भूभागमाथि आप्mनो दावा पेश गरेपछि भारतले आप्mनो सीमानामा ठूलो सैन्य सञ्चालन गरेर सीमा सुरक्षामाथि कडा नजर राखेको पाइन्छ । भारत र चीनबीच साना–साना झडपहरु कयौं चोटि भइसकेका छन् । आगामी दिनहरुमा पनि चीन र भारतबीच ठूलो घमासान युद्ध हुनसक्ने प्रबल सम्भावना रहेको छ । चीनले भारतको करीब ६४००० वर्ग किलोमीटर क्षेत्रमा अधिकार जमाएको छ । अन्य क्षेत्रहरुमा जस्तै मेघालय, अरुणाचल प्रदेश, लकदाख, सिक्किम लगायतका क्षेत्रहरुलाई पनि चीनको भूभाग भनी दावा पेश गर्दै गरेकोले स्थायी शान्तिको लागि र क्षेत्रीय शान्तिको लागि ठूलो खतरा बढ्दै गएको देखिएको छ । यस बाहेक भारत र पाकिस्तानबीच विवादास्पद क्षेत्र भनि भनिएको आजाद कश्मीरको हजारौँ वर्ग किलोमिटर भूमिलाई चीनले पाकिस्तान सरकारसँग सम्र्झाैत गरी लीजमा लिएको छ । र त्यस क्षेत्रमा अन्तरराष्ट्रिय नियमको विपरीत सैन्य सञ्चालन लगायत स्थायी निर्माण कार्यहरु गर्दै रहेको छ, जो भविष्यमा चीन र भारतबीच पनि ठूलो मुद्धा बन्न सक्दछ । यस बाहेक चीनले भूटानको केही भूभाग माथि पनि आप्mनो दावा पेश गरेकोले भूटान भित्र–भित्रै त्रसितँ बन्न पुगेको छ । भूटान भारतको सुरक्षाभित्र परेको हुनाले भूटान माथि हुने कुनै पनि किसिमको हस्तक्षेप र अतिक्रमणलाई भारतले प्रतिवाद गर्ने घोषणा गरिसकेकोेले यस्ता बिवादित मुद्धाहरुको आयाम दिनप्रतिदिन बढ्दै गएको छ । भारत र पाकिस्तानबीच कश्मीरको विवाद होस् वा अरब इजरायलबीचको विवाद होस्, अन्तराष्ट्रिय स्तरमा बीच–बचाव गर्ने र युद्धलाई जसरी पनि लम्ब्याउन नहुने भनी पटक पटक संयुक्त राष्ट्रसंघको भूमिका दिनानुदिन कमजोर हुन थालेको छ । विश्वमा शान्ति भएको देश भेट्टाउन मुश्किलै भएको छ । राजनीतिक विचारको युद्धले धार्मिक युद्धको रुप लिन थालेको छ । इजरायल अरबबीचको युद्ध कति विभत्स र कारुणिक छ जसको कल्पना गर्दा जीउ सिरिगं हुन पुग्दछ । फिलीस्तीनी भनिने हमास आतंकवादी सङ्गठनका छापामार लडाकुहरु यहुदीहरुको चाडपर्वको समारोह भइरहेको ठाउँमा पुगेर आतंकवादी तरिकाले हमाला गरेपछि सो हमलामा हजारौँ इजरायली यहुदी नागरिकहरुको मृत्यु हुन पुग्यो हजारौको संख्या इजरायली आम नागरिकहरु घाइते भए र हजारौको संख्या इजरायलीहरुलाई अपहरण गरेर हमासका सेनाहरुले गाजा क्षेत्रमा लगेर बन्धक बनाएर राखेको छ । जसको प्रत्युत्तरमा इजरायलले प्रारम्भ गरेको प्रत्याक्रमण झन भयावह, गम्भीर र घातक हुँदै गएको छ । मानवअधिकार उल्लंघनका हजारौँ घटनाहरु भइरहेका छन् । हमासका छापामार सेनाहरु उनीहरुको स्वायत्त क्षेत्र भएको गाजापट्टिमा जमीनमुनि सुरुङ्गभित्र बसेका छन् र त्यहीँबाट उनीहरुले इजरायली सेनासङ्ग भीषण युद्ध गरिरहेका छन् । यो युद्ध सम्पूर्ण मध्यपूर्वका इस्लामिक देशहरुसम्म पैmलिन थालेको छ । मध्यपूर्वका प्रायजसो अधिकांश इस्लामिक मुलुकहरुले धर्मको आधारमा हमास समर्थित छापामार सेनालाई सर्मथन गरेका छन् । इरानले अमेरिका र इजरायललाई ठूलो युद्धको धम्की समेत दिइरहेको छ । आजको इजरायल चारैतिरबाट इस्लामिक देशहरुसङ्ग जोडिएर रहेको हुनाले पनि युद्धको आगो विस्तारै विस्तारै विश्वव्यापी रुपमा विस्तार हँुदै जाने खतरा बढ्दै छ । यस युद्धको विभिषिकालाई साम्य पार्ने जति प्रयास गरेपनि अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, भारत, रुस, चीन, उत्तर कोरिया लगायतका देशहरुले आ–आप्mनै ढङ्गबाट मध्यस्थता गर्ने प्रयास गरिरहेको छन् । युद्धले गर्दा लाखौ शरणार्थीहरुले पशुवत जीवन बिताइरहेको अवस्था छ । युद्धको मापदण्डहरु दिनप्रतिदिन परिवर्तन हुदैछ । एक से एक संहारक हात हतियारको प्रयोग हुन थालेको छ । चीनलाई जसरी पनि भियतनाम चाहिएको छ । भियतनामलाई आप्mनो प्रतिरक्षा गर्ने पूर्ण अधिकार छ । रुसबाटै टुक्रिएको देश युक्रेन आज रुसबाटै प्रताडित छ । कुनै पनि हालतमा युक्रेनलाई नेटो गठबन्धनमा जान नदिने निहुमा शुरु भएको सो युद्ध प्रारम्भ भएको महिनौँ बितिसकेको छ । युद्ध समाप्त हुने कहीँ कतैबाट कुनै छाँटकाँट देखिएको छैन । रुस र युक्रेनसङ्ग व्यापार गर्ने देशहरुमा अर्थतन्त्र धराशायी हुने अवस्थामा पुगिसकेको छ । रुसले बुटको बलमा युक्रेनलाई धूलो चटाउन कृतसंकल्प रहेकोले शान्ति स्थापनाका लागि गरिएको सबै प्रयास विफल भएको छ । भारत र पाकिस्तानमा सीमा विवादले गर्दा ठूला–ठूला आतंकवादी घटनाहरु भइरहेका छन् अन्तराष्ट्रिय संस्थाहरु मूकदर्शक बनेर बस्ने अवस्था विद्यमान भइरहँदासम्म स्थायी शान्ति असम्भव छ ।
यस्तो अवस्थामा जताततै देश–देशबीचको सम्बन्ध चिसिदै जाने अवस्था छ । नेपालको छिमेकी देशहरुसँग नेपालको सन्तुलित राजनीतिक सम्बन्ध स्थापित हुन सकेको छैन । देश भित्रका मिडियाहरुले भारतलाई विस्तारवादी देश भन्ने गरेको धेरै भइसक्यो । चीनलाई घनिष्टतम् मित्र राष्ट्र बनाउने परिपाटी विकास गर्दै जाँदा पनि नेपाल धेरै कुराहरुमा भारतको अर्थतन्त्र, धर्म र दर्शन, राजनीतिक र आर्थिक सम्बन्धसँग जोडिएर रहेको र बनेको देश हो । यस्तो अवस्थामा चीन बेगर वा भारत बेगरको देशको रुपमा नेपाललाई आप्mनो अस्मिता जोगाउन कठिन पर्न सक्ने धेरै सम्भावनाहरु छन् । चीनलाई भियतनाम चाहिएको छ । अरबलाई इजरायल चाहिएको छ । रुसलाई युक्रेन चाहिएको छ । भारतलाई कश्मीर चाहिएको छ । उत्तर कोरियालाई दक्षिण कोरिया चाहिएको छ । यस्तो अवस्थामा यी सबै देशहरुले विश्वका सर्वोच्च संस्थाहरुप्रति सम्मान भाव देखाउन सकेनन् भनें, उनीहरुको सुझावलाई मानेन भनें विश्वमा शान्ति, स्थिरता र विकास असंभव छ ।
संसारबाट मानवतावाद हराउदै छ । मानवताका हरेक युद्धमा तानाशाहहरुले लोकतन्त्रलाई क्षतिले आंकलन गर्न कठिन छ । यस्तो अवस्थामा शक्ति सम्पन्न राष्ट्रहरुले नै विश्वमा शान्ति स्थापना र विकासका लागि गरिने प्रयासहरु पनि बालुवा पेलेर तेल निकाल्ने कार्य जस्तो असम्भव बन्न थालेको छ । सारा संसारमा कहिले पनि इसाईहरु थिएनन् र सबै मानिस इसाई बन्ने अवस्था देखिदैन । इस्लाम धर्मलाई आधार बनाएर जतिसुकै भीषण युद्ध गरिए पनि विश्वभरि इस्लाम धर्म पैmलिन सक्दैन । संसार बहुलताबाट श्रृजना भएको हो । विविध भाष, संस्कृति र धर्म तथा भौगोलिक क्षेत्रका बासिन्दाहरुले आप्mनो जीवन यापनका पद्यतिहरु विकास गरेका हुन जसको संरक्षण गर्नु जरुरी छ । आप्mनै देश भित्र पनि कतिपय जाति जातिहरु र धर्महरु शोषित र पीडित तथा हिंसाका शिकार बनाइएका छन्् । देशको संविधान, कानून र राष्ट्रिय श्रोत तथा साधनहरुमा शक्तिशाली वर्गहरुको मनपरि चलेको छ । यस्तो अवस्थामा युद्धको विकल्प के त भन्दाखेरि युद्ध हुन सक्दैन भन्ने कुरा सत्य र यथार्थ छ जसलाई हृदयङ्गम गर्नु जरुरी छ । आप्mनो क्षुद्र अंहकारका लागि एउटा देशले अर्को देश आतकंवादको खेती गरेर आप्mनो सम्प्रभुता लाद्न खोज्न नितियुक्त र व्यावहारिक होइन् । यसलाई साम, दाम दण्ड र भेदबाट जसरी भए पनि रोक्न जरुरी छ ।

Author

You may also like