मुख्य

दमकमा रथयात्राको भव्य तयारी

दमक/ आगामी भदौ ४ गते श्री कृष्ण जन्माष्टमीको भोलीपल्ट दमकमा निकालिने रथ यात्राको भव्य तयारी भइरहेको छ ।
सो क्रममा रथयात्राका लागि आवश्यक ८० प्रतिशत गृहकार्य सकिएको आयोजक समितिले जनाएको छ । समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै बिगतका दुई बर्ष कोरोना संक्रमण जोखिमका कारण रोकिएको रथयात्रा यसवर्ष भब्य रुपमा निकाल्ने तयारी गरिएको जनाएको हो ।
रथयात्रा प्रचार समिति संयोजक गिरिराज भट्टराईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा रथ यात्राको लागि तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिका अध्यक्ष रोहित आचार्यले जानकारी गराए । रथ यात्रालाई भब्य बनाउन बिभिन्न उपसमितिहरु गठन गरी ति समितिहरुले आ–आफ्रनाे जिम्मेवारी अनुसारको काम सुरु गरिसकेको उनले बताए । दमकको रथयात्रामा सबै समुदायको सहभागिता जुटाउन पत्राचारको काम सकिन लागेको भन्दै प्रचार प्रसार समेत भैरहेको समितिका सचिव प्रेम भट्टराईले जानकारी दिए । रथ यात्रालाई सबै दमकबासीको अपनत्व महशूस गराउन पूर्वकै नमूनाको रुपमा सञ्चालन गर्ने गरी काम गरिएको उनले प्रष्ट पारे ।
रथयात्राका लागि गठित उपसमितिहरुमा धु्रब न्यौपाने (हिमशिखर टेलिभिजन)को संयोजकत्वमा नेट–तार व्यवस्थापन, प्रकाश बुढाथोकी (रेडक्रस) को संयोजकत्वमा स्वास्थ्य सेवा, गिरीराज भट्टराई (सप्तरंगी एफएम)को संयोजकत्वमा प्रचार–प्रसार, पण्डित कृष्णप्रसाद मिश्रको संयोजकत्वमा पुजापाठ व्यवस्थापन, सीमा अग्रवाल (मारवाडी महिला मञ्च)को संयोजकत्वमा रंगोली निर्माण तथा आरती व्यवस्थापन, काशी खाती (कोषाध्यक्ष) को संयोजकत्वमा आर्थिक व्यवस्थापन, डम्बर बराल (दनपा)को संयोजकत्वमा टोल विकास संस्था समन्वय, सुनिल अग्रवाल (श्यामा परिवार) को संयोजकत्वमा प्रसादी व्यवस्थापन तथा वितरण, कृष्णप्रसाद अधिकारीको संयोजकत्वमा निमन्त्रणा, चिठीपत्र छपाई तथा वितरण, रोहित आचार्यको संयोजकत्वमा रुट निरीक्षण तथा व्यवस्थापन, काजीमान लाम्गादे (युथ क्लव)को संयोजकत्वमा झण्डा निर्माण तथा रुट श्रृङ्गार व्यवस्थापन, डिभाइन युथ क्लवको संयोजकत्वमा रथ सुरक्षा व्यवस्थापन, दमक उद्योग वाणिज्यको संयोजकत्वमा फलफूल व्यवस्थापन, माधव काफ्ले (वैष्णव परिषद)को संयोजकत्वमा शंखध्वनी व्यवस्थापन, इलाका ट्राफिक प्रहरीको संयोजकत्वमा ट्राफिक व्यवस्थापन, दमक उवासंघलाई संयोजकत्वमा स्वयंसेवक परिचालन, बिमल नेपालको संयोजकत्वमा रथको प्राविधिक व्यवस्थापन, श्रीकृष्ण रथ यात्रा व्यवस्थापनको संयोजकत्वमा नौमति बाजा लगायत अन्य बाजागाजा व्यवस्थापन, साउण्ड सिस्टम व्यवस्थापन, श्रीकृष्ण प्रणामी मन्दिरको संयोजकत्वमा विभिन्न लिला, नृत्यहरु व्यवस्थापन, श्री राधाकृष्ण मन्दिरको संयोजकत्वमा मन्दिर परिसर सजावट, बिमल खतिवडा (नेक्ष्ट इरा इनर्जी)को संयोजकत्वमा सरसफाई ब्यवस्थापन, बिक्रमकुमार शाह (रोटरी क्लब)को संयोजकत्वमा पिउने पानी व्यवस्थापन, भोला शिवाकोटी (भजन किर्तन मण्डली) को संयोजकत्वमा रथ तान्ने, भवानीप्रसाद दाहाल (राधा माधव समिति)को संयोजकत्वमा पुष्प वृष्टी व्यवस्थापन र सजावट, दिलिपकुमार गिरी (इलाका प्रहरी कार्यालय) को संयोजकत्वमा शान्ति सुरक्षा व्यवस्थापन, ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रको संयोजकत्वमा पञ्चकन्या व्यवस्थापन, कमल श्रेष्ठ (आदिवासी जनजाति महासंघ)को संयोजकत्वमा विभिन्न जातजातिका संस्कृति पहिचान र व्यवस्थापन, बलराम पराजुली (काका) को संयोजकत्वमा भजन कीर्तन, दमक नगरपालिकाका मेयर/ उपमेयर/ प्रमुख प्रशासकीय अधिकृत/ वडाध्यक्षरुको संयोजकत्वमा अनुगमन, दमक उद्योग वाणिज्य संघका संयोजकत्वमा शौचालय साथै माक्सको व्यवस्थापन रहेको छ ।

You may also like