दमक/ नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दलले आयोजना गरेको देशव्यापी बत्तृmत्वकलामा प्रथम हुन सफल कृतज्ञता थापालाई शुक्रबार सम्मान गरिएको छ । दमक नगरपालिका–८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा थापा यही फागुन ६ गते सैनिक मुख्यालय भद्रकाली काठमाडौंमा भएको बत्तृmत्वकलामा प्रथम भइ पुरस्कृत भएकी थिइन् । उनलाई झापा मोडलले विद्यालयको सभाहलमा एक भव्य कार्यक्रमको आयोजना गरी फूलमाला, खादा र सम्मान पत्रले सम्मान गरेको हो ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले सो विद्यालयले दिएको सम्मान पत्र हस्तान्तरण गरे । छात्रा थापा देशभरिका राष्ट्रिय सेवा दलका ४ वटा शिक्षालय अन्तर्गतका ४७ औं र ४८ औं व्याचका १५ हजार विद्यार्थीहरु मध्येबाट प्रतियोगितामा सहभागी १२ जना प्रतियोगीमध्ये उत्कृष्ट भई प्रथम हुन सफल भएकी हुन् । उनलाई सैनिक शिक्षालय याङ्शीला मोरङका शिक्षा अधिकृत दिपक गुरुङ र विद्यालयका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठ, संस्थापक सलुजा श्रेष्ठले सम्मान सहित बधाई ज्ञापन गरे ।
कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिका प्रमुख थापाले दमकको निजी विद्यालयमा अध्ययनरत विद्यार्थी वत्तृmत्वकलामा देशकै उत्कृष्ट भएकोमा आफूलाई गौरव अनुभूति भएको बताए । उनले प्रतिभाशाली कृतज्ञता थापा र सोही विद्यालयकी पूर्वविद्यार्थी अर्की प्रतिभा सेलिया श्रेष्ठलाई आगामी वैशाखमा हुने नगरस्तरीय अन्तरविद्यालय सांस्कृतिक कार्यक्रममा नगरपालिकाको तर्फबाट सम्मान गर्ने घोषणा गरे । उनले सामुदायिक विद्यालयको गुणस्तर र व्यवस्थापनलाई सुधार गरी निजी विद्यालयकै स्तरमा पु¥याउने र दमकलाई शैक्षिक हवका रुपमा विकास गर्ने पनि बताए । कार्यक्रममा दमक बहुमुखी क्याम्पसका प्राध्यापक धनञ्जय बाँस्कोटा, साहित्यकार धनकुटे कान्छा, झापा मोडलका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठ, प्रिन्सिपल सागर श्रेष्ठ, सम्मानित छात्रा कृतज्ञता थापा र अर्की पूर्वविद्यार्थी सेलिया श्रेष्ठले आ–आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यार्थी इन्सानी खतिवडा र प्रनिल चेम्जोङले राष्ट्रिय सेवा दल र झापा मोडल अंग्रेजी स्कूलको सहभागिताका बारेमा प्रस्तुती गरेका थिए । कार्यक्रममा सैनिक शिक्षालय याङ्शीलाका गणपति रमेश गुरुङ, इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज कुमार लामा, दमक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोकुल श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी दमकका अध्यक्ष प्रकाश बुढाथोकी लगायत विभिन्न व्यावसायिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधि, संचारकर्मी, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।