देश–समाज मुख्य

आज विश्वकर्मा दिवश

आज विश्वकर्मा दिवश । प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो आज ।
नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ । भारतीय संस्कृतिका अन्तर्गत पनि शिल्प सङ्काय, कारखाना, उद्योगहरूमा भगवान विश्वकर्माको महत्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्रम दिवसका रूपमा मनाउने गरिन्छ ।
यो उत्पादनवृद्धि र राष्ट्रिय समृद्धिका लागि एक सङ्कलप दिवस पनि हो । यो पर्व कन्या सङ्क्रान्ती अथवा प्रतिवर्ष १७ सेप्टेम्बर विशवकर्मा पूजाका रूपमा सरकारी अनि गैर सरकारी इन्जिनियरिङ संस्थामा धेरै नै हर्षोल्लासका साथ सम्पन्न हुने गर्दछ ।

पूर्वोत्तर भारत, बङ्गाल र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा आश्विन १ गते (कन्या सङ्क्रान्ति) का दिन मनाउने प्रचलन रहेको छ ।

You may also like